मानवअधिकार संरक्षणका लागि चार बुँदे प्रतिवद्धता

शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्वन्धि समस्याको समाधान गर्ने खाँडाचक्रका जनप्रतिनिधिको प्रतिवद्धता

मंसिर १३, कालिकोट । कालिकोटकाे खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्न जनप्रतिनिधि र सरोकावलाहरुले चार वुँदे लिखित प्रतिवद्धता जनाएका छन् ।

इन्सेक कालिकोटका आयोजनामा बिहबार जिल्ला सदरमुकाम खाँडाचक्रमा आयोजित मानवअधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएकी नगर उपप्रमुख विजया विष्ट, नगर प्रवक्त पुष्पराज गिरी, वडाध्यक्ष धनसिंगे बिश्वक्रर्मा लगाएतले प्रतिवद्धता जनाएका हुन ।

इन्सेक जिल्ला प्रतिनिधि कालीवहादुर मल्लको अध्यक्षतामा आयोजित अन्तरक्रियामा, नेकपा, नेपाली काग्रेस, संघिय समाजवादी पार्टी लगाएतका राजनीति दलका प्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा खाडाँचक्र नगरपालिकाभित्रका शिक्षकहरुको अनियामिता, गुणस्तरहिन शिक्षा,समयमै पठ्यपुस्तक नपुग्ने र विद्यालयमा अवश्यक शिक्षक दरवन्दि नभएका कारण बालबालिकाहरुको पठनपाठनमा समस्या रहेको हुनाले समाधानका लागि स्थनीय सरकार तथा सरोकावालाले प्रतिवद्धता जनाएका छन् ।

यस क्षेत्रमा रहेका स्वास्थ्यचौकी, अस्पतालमा आवश्यब उपकरणको कमि भौतिक संरचनाको अभाव तथा औषधी समेतको समस्या रहेकाले समस्या समाधानका लागि स्थानीय सरकाले तत्काल पहल गर्ने ।

नगरपालिकाभित्र आवसविहिनका लागि सरकारले जनता आवास कार्यक्रम ल्याई कार्यन्वयन भएपनि वास्ताविक घरवार नभएकाहरुले नपाउने र वनाउन लागिएका घरहरुमा पनि ढिलासुस्ती रहेकाले तत्काल वास्तविक घर नभएकाहरुको घर आवास वनाउन स्थानीय सरकाले पहल गर्ने ।

यस्तै विषाक्त आयातित खाद्यन्नवाट स्थानीय नागरिकको स्वास्थ्यमा असर पर्ने भएकाले स्थानीय उत्पादित खाद्यवस्तुको उपोभोका लागि सवै सरकारवालाहरुले प्रोत्साहित गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस