विप्लव नेतृत्वको नेकपा कालिकोटकाे राजनीतिक गतिविधि तिब्र

पुस १३, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले आफ्ना राजनीतिक गतिबिधी लाई तिब्र पारेको छ ।

कालिकोटको दुई वटा बेल्डमा २ वटा कलाकार सामना कलाकार र भेरी कर्णालीको कलाकार सहित युवा, विद्यार्थी जिल्ला कमिटी सदस्य लगायत जनबर्गिय संगठनका अध्यक्षहरुको कार्य्बिभाजन गरि परिचालित छ ।

जिल्लाको पूर्वी क्षेत्रमा सेक्रेटरी रणदिपले नेतृत्व गर्नु भएको छ । भने पश्चिम क्षेत्रमा जिल्ला ईन्चार्ज बिराटले नेतृत्व गर्नु भएको जनाईएको छ ।
करिब २ महिनासम्म चल्ने अभियानले राजनितीक सभाहरु विभिन्न ठाउमा गर्दै गएको छ । पूर्वी कालिकोटको भर्ता, कालिका गेला ओदानकु चिलखाया, छाप्रे, फोईमा गरिसकेको छ भने केही ठाउँमा तयारी गरिरहेको छ ।

त्यस्तै पश्चिम कालिकोटमा लालु माल्कोट कुमालगाउ कोटबाडा रुप्सा मुम्रा सिप्खाना सम्पन्न गरिसकेको छ । उक्त अभियानको उदेश्य भनेको केन्द्रिकरणको लागि भएको कुरा जिल्ला सेक्रेटरी रणदिपले बताउनु भएको छ ।

सरकारले दमनलाई निरन्तरता दिने भएकाले केन्द्रिकरणको महत्व बढेको बताउनु भयो । आफ्नो लडाई सेना पुलिससंग नभए पनि आफ्नो पार्टी सक्रिय रक्षा सहित अगाडि बढेको जिल्ला सेक्रेटरी रणदिपले बताउनु भयो ।

आफ्नो पार्टीले युद्ध नचाहेको तर सरकार जबरजस्ती देशलाई युद्धतिर धकेल्न खोजिरहेको छ । यस्को डटेर प्रतिरोध गर्दा सरकारले नै महङो मूल्य चुकाउनु पर्ने र गाउ केही समय भित्रै आफ्नो पार्टीको जनसत्ताको नियन्त्रणमा आउने ठोकुवा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस