१४ काठमाडौं । विप्लव नेतृत्वको नेकपा सहित चार क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पमा संघीय जनगतन्त्र तथा वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था स्थापनाका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका छन् ।
जसमा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), , ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीे रहेका छन । ति चार पार्टीका शिर्षक नेताहरुको आन्तरीक वैठकले यस्तो निर्णय गरेको संयुक्त वक्तव्य जारी गरी सार्वजनिक गरिएको छ ।
विभिन्न चारवटा बुँदामा भएको सहमति सार्वजनिक गर्दै वक्तव्यमा भनिएको छ, “अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षीय समाधान संसद पूनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केबल सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्दछ ।”
जारी वक्तव्यमा “केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शिघ्र घोषणा गरिनेछ ।” भनिएको छ
वक्तव्यमा वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवि जनताबीचको अन्तरविरोध चर्कदै गएको उल्लेख गर्दै दलाल तथा प्रतिक्रियावादी पँुजीवादका विभिन्न गुटहरुका बीचमा पनि अन्तरविरोध चर्कदै गएको भनिएको छ ।
वक्तवयमा दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ भनिएको छ ।
वक्तव्यमा केपी ओलीको कदम निरंकुश एवं फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक भएको उल्लेख गरिएको छ । वक्तव्यमा विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) नेकपा का अध्यक्ष ऋषि कटेल,र वैज्ञानिक कम्युनिष्ट समाजवादी पार्टीका अध्यक्ष आहुतिले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ ।