कालिकोटमा पनि प्रचण्ड – माधव समुहको विरोध प्रर्दशन


१४ पुुस कालिकोट । असंबैधानिक संसद विघटनको विरूद्धमा कालिकोटमा पनि माधव–प्रचण्ड समुहले विरोध प्रर्दशन गरेको छ । प्रचण्ड नेपाल समुहले केन्द्रीय कार्यक्रम अन्तरगत जिल्लामा प्रधानमन्त्री केपी ओलीको संसद विगठनको विरुद्ध विरोध प्रर्दशन गरेको हो ।
विरोध प्रर्दशनमा ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाइएका थिए ।
प्रर्दशन पछिको कोण सभालाई संवोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले, जनताको जनमतको अपमान गर्ने केपि शर्मा ओलीलाई जनताले सडकमा छाडेर जनता आन्दोलनमा आएको बताउनु भएको छ ।
उहाँले अब केपि शर्मा ओलीको असंबैधानिक कदम प्रति नेकपा मात्र होईन, देशका सवै पार्टीहरू एक ठाउँमा उभिसकेको वताउनु भयो ।
नेता रामदिप आचार्य, कुर्मराज शाही र राष्ट्रिय सभा सदस्य जीवन वुढाले, केपि ओलीको निरंकुश शासनले कम्युनिस्ट पार्टी धरापमा जाने अवस्था आएको बताएका थिए ।
उहाँहरुले माधप र प्रचण्डले नेकपालाई ठुलो दुर्घटनाबाट जोगाएको जिकीर दावी समेत गर्नु भएको छ ।
नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीको अध्यक्षता कोण सभा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस