१४ पुस,सुर्खेत । सुर्खेतमा नेकपा माओवादी केन्द्र परित्याग गरि वुधवार ११ जना विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन ।
जिल्लाको लेकवेशी नगरपालिकाका वडा सचिव देखि सदस्य सम्मका ११ जना नेकपामा प्रवेस गरेका हुनु ।
प्रवेस गर्नेमा वडासचिव खगेन्द्र ओली,सदस्य राम वहादुर वराल,टेक वहादुर सार्की, मान वहादुर ओली,हिरासिंह सार्की,ताराकेसर ओली, अम्मर खत्री, विपन कामी,मञ्जु सार्की, कौसिल्ला ओली र गोकुल सार्की रहेका छन ।
नवप्रवेसीहरुलाई नेकपाका प्रवक्ता प्रकाण्डले फुलमाला अविर लगायर स्वागत गर्नु भएको छ ।