१६ माघ, कालिकोट । नेपाली कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य तथा पलातावासी शक्ति भण्डारीले मुख्यमन्त्री हुदा महेन्द्र शाहीलाई कमिशन दिन नसकेकै कारण पतालामा विजुली बल्न नसकेको र पलाती जनता अन्धकारमा बस्नु परेको खुलासा गर्नु भएको छ ।
नेता भण्डारीले आफ्नो आधिकारीक फेसबुक पेजमा लामो स्टाटस लेख्दै मुख्यमन्त्री हुदा महेन्द्रलाई कमिशन दिन नसकेका कारण पतालामा विजुली बल्न नसकेको र पलाताी जनता अन्धकारमा बस्नु परेको खुलासा गर्नु भएको हो ।
उहाँले आफैले २०७६ सालमा विजुलीको कुरा लिएर मन्त्रालय गएको बेला हुदैन भनेर महेन्द्र शाहीले फिर्ता पठाएको गुनासो गर्नु भएको छ ।
नेता भण्डारीले पलातावासी जनतालाई विशेष अपिल गर्दै ‘आज कमिसनका कारण पलाती जन्ता अहिलेको युगमा पनि अध्यारोमा बस्नुपरेको छ, मैले डि पि आर गराय तर कमिसन दिन सकिन तेसैले बिजुली भएन अब आफै सोच्ने बेला आएको छ’ भन्नु भएको छ ।
नेता भण्डारीले कालिकोटवाट तीन तीन पटक जिताउदा पनि महेन्द्र शाहीको अहमता, लुटतन्त्र र कमिशन वाहेक अरु केही हुन नसकेको ठोकुवा गर्नु भएको छ ।
उहाँले लेख्नु भएको छ ‘आदरनीय पलाता बासी आमा बुवा दाजु भाइ दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछु प्रतिनिधि सभाको चुनाबको सरगर्मी चलिरहदा कालिकोट जिल्लामा पनि हुनु स्भाविकै हो र हामीले बारम्बार पार्टी भनेर महेन्द्र बहादुर शाहीलाई तीन पटक जिताउदा पनि आफ्नो अहमता, घमण्ड लुटतन्त्र र कमिसन बाहेक अरु हुन सकेन । मुख्यमन्त्री हुदा २०७६ साल तिर मैले बिजुलीको कुरा लिएर म मन्त्रालय गए र मैले माग गरे उहाँको जबाफ थियो हुदैन ।’
नेता भण्डारीले शाहीले जनमुक्ति सेनाको कमिसन देखि योजना हाल्दिन्छु भन्दै स्कुल पनि खाली नराखेको जिकिर गर्नु भएको छ । उहाँले महेन्द्रलाई अब कुन मुखले मत माग्ने भनि प्रश्न गर्नु भएको छ ? उहाँले सबै कालिकोटवासी तथा पतालावासी जनतालाई विचार आस्था जे भए पनि महेन्द्रलाई मत नदिन र विकासमुखी जनताको नेता रोज्न आग्रह गर्नु भएको छ ।
स्मरणरहोसः यसअघि पनि ज्वाला खवरमा मुख्यमन्त्री हुदा शाहीले विभिन्न योजनामा कमिशन मागेको र कमिशनलाई संकलन गर्ने जालो नै बनाएको प्रमाण सहित समाचारहरु प्रकाशित भएका थिए ।
यस्तो छ शक्ति भण्डारीको स्टाट्स
