सहकार्यबाट भागेर एकताको चर्चा गर्नु जालझेलको बासी र असफल हुइयाँ मात्र होः विप्लव

१६ माघ, काठमाडौं । नेकपा (माओवादी) का महासचिव विप्लवले प्रचण्डले एकताको नाममा बोलेको कुराको प्रतिवाद गर्दै सहकार्यबाट भागेर एकताको चर्चा गर्नु जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताउनु भएको छ । विहिवार एक स्टाटस लेख्दै महासचिव विप्लवले प्रचण्डले एकताको नाममा बोलेको कुराको प्रतिवाद गर्दै सहकार्यबाट भागेर एकताको चर्चा गर्नु जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताउनु भएको हो ।
सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै उहाँले माओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको उल्लेख गर्नु भएको छ ।
उहाँले चुनावी मोर्चामा सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दागर्दै थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको टिप्पणी गर्नु भयो ।
बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत उहाँले भन्नु भयो, ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो ।’
विप्लवले यस्तो भ्रममा विचार मरेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टिएका व्यक्ति मात्र पर्ने उल्लेख गर्नु भएको छ ।
विप्लवले अनेकौं मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अघि बढिरहेको माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको दाबी गर्दै आगामी भविष्यले त्यसलाई प्रमाणित गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले लेख्नु भएको छ ‘यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छन, अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र हो। आउदो भविष्यले अवश्य सावित गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस