राणा शासन बिरूद्ध बिद्रोह गर्दा सहिदहुनेहरुप्रति विप्लवद्धारा उच्च सम्मान गर्दै श्रदाञ्जली व्यक्त

१६ माघ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले सामन्ती तानाशाही राणा शासनका बिरूद्ध बिद्रोह गर्दा सहादत प्राप्त गर्ने महान सहिदहरूप्रति उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव विप्लव सीेले सामन्ती तानाशाही राणा शासनका बिरूद्ध बिद्रोह गर्दा सहादत प्राप्त गर्ने महान सहिद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र शुक्रराज शास्त्रीप्रति उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
उहाँले अनेकौ बिद्रोह, क्रान्ति, वलिदान र महत्त्वपूर्ण परिबर्तन सहित गणतन्त्रसम्म देश पुगेको दाबी गर्दै राज्य अझै पनि जनताको बन्न नसकेको जिकिर गर्नु भएको छ ।
महासचिव विप्लवले सत्ता दलाल पुँजीपतिवर्गले कब्जा गरेको भन्दै साम्राज्यवादी शक्तिको हस्तक्षेप नाङ्गो रूपले बढेको छ र जनतामा चिन्ता बढेको उल्लेख गर्नु भएको छ ।
उहाँले देशको स्वाधीनता र जनताको हितमा राज्यलाई रूपान्तरण गर्ने अभियानमा आफ्नो पार्टी अनवरत लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ं ।

राणा शासन विरुद्ध आवाज उठाउदा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको विस १९९७ माघ १५, सहिद शुक्रराज शास्त्रीको विस १९९७ माघ १० र सहिद धर्मभक्त माथेमाको विस १९९७ माघ १३ गते गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस