छुवाछुत तथा भेदभावका विरुद्ध संघर्ष गर्ने दलित मोर्चाको घोषणा

माघ १६,कालिकोट । दलित मुक्ति मोर्चा नेपाल कालिकोटले जातीय छुवाछुत तथा भेदभावका विरुद्ध कडा संघर्ष गर्ने घोषणा गरेको छ ।

आज वसेको मोर्चाको दोस्रो पुर्ण बैठकले जिल्लाभर जातीय छुवाछुत तथा भेदभावका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको मार्चाले जनाएको छ ।

जिल्लामा जातिय विभेदका कारण दलित समुदायले ज्यान सम्म गुमाउनु परेको र विभिन्न समयमा विभेद र अपमानित हुनु पर्ने अवस्था कायममै रहेको मोर्चाले ठहर गरेको छ ।

मोर्चाको वैठकले जिल्लामा संचालित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले दलितको नाममा ब्रमलुट मचाएको, तथा दलित उपभोक्ता समितिबाट कसिमन र घुस माग्ने गरेको सुचना आएकाले त्यस्ता व्यक्ति र निकाय माथि पनि कडा कार्वाही गरिने निणर्य गरेको छ ।

त्यस्तै वैठकले राष्ट्रिय स्वाधिनताको पक्षमा र एमसीसीका विरुद्ध आन्दोलन गर्ने पनि निर्णय गरेकोे छ । बैठक जिल्ला अध्यक्ष सर्पलाल वि.क.को अध्यक्षता र पार्टी जिल्ला सेक्रेटरी रणदिप लगायतको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस