विप्लव नेकपा कालिकोट कोरोना रोकथामका लागि जनसेवा, जनचेतनामूलक र कालोबजारी नियन्त्रणमा

चैत १७, कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि आत्मअनुसासनमा रही जनसेवाका लागि जनचेतनामुलक काम र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन दिएको छ ।

नेकपा कालिकोटका जिल्ला ईन्चार्ज विराट र सेक्रेटरी रणदिपले सोमबार एक जारी गर्दै जनसेवाका लागि जनचेतनामुलक काम र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न युवा संगठन, जनबर्गिय संगठन र पार्टी कमिटीलाई निर्देशन गरेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ यतिबेला बिश्वले नै कोराेना भाईरसबाट निकै जोखिम मोलिरहेको छ । निकै ठूलो मानबिय क्षति ब्यवहोर्नुका साथै लाखौं मान्छेहरु संक्रमित छन । करोडौं संख्यामा नागरिकहरुले सास्ती खेपी रहेका छन । हाम्रो देश नेपाल पनि उच्चजोखिम संग लडिरहेकोछ । संक्रमित बिरामीहरु हस्पिटलको बेडमा छन् भने सयौँ नागरिकहरुले ठूलो सास्ती खेपी रहेको उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तिमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाहा गर्नेहरुको पीडा सुनि नसक्नु छ । कम्युनिष्ट सरकार यो समस्याको उचित समाधान तर्फ गम्भीर भएर लाग्नुको सट्टा जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय यो समस्यालाई फेरि पनि अवसरको रुपमा प्रयोग गर्ने दाउमा देखिएको छ ।

राहत र उचित चेकजाचँको अति हल्ला गरिरहेको छ । कार्यान्वयन निकायले गरिरहेकाछौं बाहेक गरिरहेको देखिदैन । खासमा स्थानिय निकाय जति क्रियासिल र जिम्मेवार देखिनु पर्ने हो त्यसो पनि देखिदैन । प्रत्यक स्थानिय निकायले बिपत ब्याबस्थापन भनेर लाखौँ रकम छुट्टाएका छन ।

त्यो कहाँ खर्च गर्ने हो । उनिहको कुरा हो । त्यहाँ पनि लुटीखाने सपना देखिरहेका छन । किनकी कालिकोटमा जति हेल्थ डेक्सहरु र स्वास्थ्य चौकीहरु छन । त्यहाँ स्वास्थ्यकर्मिलाई प्रयोग गर्ने मास्क समेतको ब्यबस्था नभएको विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ । एक चक्की सावुन बाहेक संक्रमितहरु र संकास्पदलाई राख्ने क्वारेन्टायन पायक पर्ने स्कुल घोषणागरिएको छ । त्यहाँ अन्य कुनै ब्यबस्था देखिदैन सुरक्षाकर्मीहरु ब्यक्तिगत ब्यबस्थापन मै खटिरहेका छन । यहाँ ध्यान कसैको छैन ।

यस्तो जटिल परिस्थितीमा सेवामा निरन्तर खटिरहने स्वास्थ्यकर्मि मित्रहरु र सुरक्षाकर्मि मित्रहरुलाई हाम्रो पार्टी विशेष आभार सहित धन्यवाद ब्यक्त गर्दछ । भनिएको छ ।

साथै विज्ञप्तिमा सम्पुर्ण कालिकोटको पार्टी कमिटी आत्मअनुसासनमा रही जनसेवाका लागि जनचेतनामुलक काममा र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न युवा संगठन, जनबर्गिय संगठन र पार्टी कमिटीलाई विशेष निर्देशन गर्दै गाउँ घरमा हुने जमघट भोज भतेर र अन्धबिश्वासको पछी नलागेर होम क्वारेन्टायन र सरसफाईमा विशेष ध्यान दिई आफ्नो स्वास्थय प्रति गम्भीर रहन अपिल गर्दछौ भनिएको छ ।

विज्ञप्तीको अन्तमा अनाबस्यक मास्क बिना हिडडुल नगरी लकडाउनको पालना गर्न सम्पुर्ण कालिकोट बासी जनसमुदायलाई अपिल गर्दै आवश्यक स्वास्थय उपकरण र औषधी ब्यबस्थापनका लागि नेपाल सरकार संग जोडदार माग समेत गरेको छ ।

विज्ञप्तीको पुर्णपाठ …….

 

प्रतिक्रिया दिनुहोस