पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनपत्रकार संगठनको माग

चैत १६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजयकुमार पौडेलमाथि दुर्व्यवहार गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा भौतिक आक्रमण गर्नुको साथै ज्यान मार्ने धम्की दिएको घटनाले अझै पनि देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दहनिय र कमजोर रहेको पुष्टि भएको जनाएको छ ।

‘स्थानीय विकास निर्माणसंग जोडिएको विषयको समाचारलाई लिएर पत्रकारद्धय माथि स्थानीय बाबुराम विष्ट, शैलेन्द्र भट्टराई लगाएतको समुहले भौतिक आक्रमण गर्नुको साथै ज्यान मार्ने धम्की दिएको घटनाले अझै पनि देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दहनिय र कमजोर रहेको पुष्टि गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय राज्य पक्षबाट समेत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विभिन्न बहानामा अङकुस लगाउने प्रयत्न भईरहेको बेला यस घटनाले सञ्चार जगतलाई थप गम्भीर बनाएको बताएको छ ।

विज्ञप्तिमा स्वतन्त्रता पुर्वक कलम चलाईरहेका पत्रकारहरुमाथि यस प्रकारको घटनाले सिङ्गो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र जबर्जस्त प्रेस बिरोधी हर्कत बढ्दै जाने उल्लेख गरिएको छ ।

शुक्रबार स्थानीय विकास निर्माणसंग जोडिएको विषयको समाचारलाई लिएर नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजयकुमार पौडेलमाथि स्थानीय बाबुराम विष्ट, शैलेन्द्र भट्टराई लगाएतको समुहले भौतिक आक्रमणका साथै ज्यान मार्ने धम्की दिएका थिए ।

विज्ञप्ति जस्ताको तस्तै हेर्नुहोस ।

जनपत्रकार संगठन नेपाल द्वारा जारी प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजयकुमार पौडेलमाथि शुक्रबार पाल्पामा भएको आक्रमणप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।

स्थानीय विकास निर्माणसंग जोडिएको विषयको समाचारलाई लिएर पत्रकारद्धय माथि स्थानीय बाबुराम विष्ट, शैलेन्द्र भट्टराई लगाएतको समुहले भौतिक आक्रमण गर्नुको साथै ज्यान मार्ने धम्की दिएको घटनाले अझै पनि देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दहनिय र कमजोर रहेको पुष्टि गर्दछ ।

पछिल्लो समय राज्य पक्षबाट समेत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विभिन्न बहानामा अङकुस लगाउने प्रयत्न भईरहेको बेला यस घटनाले सञ्चार जगतलाई थप गम्भीर समेत बनाएको छ ।

स्वतन्त्रता पुर्वक कलम चलाईरहेका पत्रकारहरुमाथि यस प्रकारको घटनाले सिङ्गो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र जबर्जस्त प्रेस बिरोधी हर्कत बढ्दै जाने समेत देखिएको छ ।

यस आक्रमणको घोर भत्सर्ना गर्दै आक्रमणमा संग्लनलाई कडा कारबाहीको माग गर्दछौं । साथै सविधानले प्रदत्त गरेको अधिकार प्रयोग गर्दै स्वतन्त्रता पुर्वक कलम चलाउन पाउने अधिकारको सुनिश्चितताको लागि समन्धित निकायसंग जोडदार माग गर्दछौं ।

 

प्रकाश डुम्रे                                                                                                                            हिम बिष्ट
अध्यक्ष                                                                                                                                  महासचिव

एवम् जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति
२०७५-१२- १५ गते

प्रतिक्रिया दिनुहोस