चैत्र १७, सुर्खेत । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आगामी २५ गते हुने निर्वाचनमा संगठनको निर्देशन विपरित वागी उम्मेदवार दिने माथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले आज राजधानीमा भएको उम्मेदवारी घोषणा कार्यक्रम पछि पत्रकार संगको संक्षिप्त कुराकानीमा कर्णाली प्रदेशमा ९ वटा संगठनको साझा उम्मेदवार प्रेस चौतारीको तर्फवाट तुलाराम पाण्डे र जनपत्रकार संगठनको तर्फवाट बसन्त बिश्वक्रर्मा आधिकारीक भएको भन्दै त्यो वाहेक वागी उम्मेदवार दिने माथि संगठनले कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो ।
उहाँले प्रेस चौतारीको नाममा कर्णाली प्रदेशबाट जुम्लाका नरेश भण्डारीले वागी उम्मेदवारी दिएको तर्फ संकेत गर्दै उहाँलाई संगठनले कडा कार्वाही गर्ने पनि वताउनु भयो ।
अध्यक्ष वस्नेतले प्रेस चौतारी सहित ९ वटा विभिन्न संगठनको प्रगतिशिल, समावेशी र राष्ट्रियता प्रति प्रतिवद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलवाट उम्मेदवार वनेका तुलाराम पाण्डे र बसन्त बिश्वक्रर्मालाई मात्र मतदान गर्न आफ्नो संगठन मातहतलाई आवाहन समेत गर्नु भयो ।
यसैविच प्रेश चौतारी नेपाल कर्णाली प्रदेश र जनपत्रकार संगठन नेपाल भेरी कर्णाली व्यूरोले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गरी आफ्नो प्यानलको आधिकारीक उम्मेदवार तुलाराम पाण्डे र बसन्त बिश्वक्रर्मा भएको जनाएको छ । प्रेस चौतारीका कर्णाली प्रदेश इन्चार्ज वीर वहादुर गिरी र जनपत्रकार संगठनका व्युरो संयोजक जनदिशनाथ योगीले आज एक संयुक्त विज्ञप्ती जारी गरि आधिकारी उम्मेदवार पाण्डे र बिश्वक्रर्मा भएको सार्वजनिक गर्नु भएको छ । उहाँहरुले आधिकारीक उम्मेदवारलाई मात्र मतदान गर्न संगठन मातहतका सवै मतदातालाई आवाहन गर्नु भएको छ ।
प्रेस विज्ञप्ती