१७ बैसाख,काठमाडौँ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति पछि शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ । शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो ।
बुधबार भएको सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ । कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन ।
मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिनेछ । वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि जानु भएको छ ।
शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताउनु भयो । सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताउनु भयो ।