खानेपानीमन्त्री थापालाई कोरोना सङ्क्रमण

१७ वैसाख,काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उहाको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनु भयो ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उहाको हिजो स्वाब सङ्कलन गरिएको थियो । उहाकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो ।

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन ।

सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहनु भएको उहाका स्वकीय सचिव गौतमले जानकारी दिनु भयो ।

उहाका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस