अपडेटः सुर्खेत जिप दुर्घटनाका मृतक चारै जनाको सनाखत

१७ जेष्ठ, सुर्खेत । सुर्खेतको रातानाङ्गला नजिकै टाकुरी मोडमा जिप दुर्घटना परि मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कालीकोटकाे शुभकालिका -३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, वर्ष २७ का नमराज बिक रहेका छन्। त्यस्तै दैलेखको भैरवी गाउँपालिका- ४ का वर्ष ३४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आज विहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सुर्खेतबाट कालिकोट जानको लागि छुटेको थियो ।

दुर्घटनामा घाइते भएका जिप चालक कालीकोट खाँडाचक्र -९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका -३ भर्ताका ३८ वर्षीय नरी कामीको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

६ जना सवार रहेको जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस