१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काका अनुसार मृतकमध्ये सुर्खेत र दैलेखका दुई÷दुईजना रहेका छन् ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।
प्रदेशभर आइतबार ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२६ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस