नेकपा कालिकोटको पार्टी कार्यालय स्थापना

१५ साउन, कालिकोट । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले सदरमुकाम मान्मको नावगैरामा पार्टी कार्यालय स्थापना गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि लामो समयपछि सदरमुकाम मान्ममा नेकपाले पार्टी कार्यालयको स्थापना गरेको हो ।

पार्टी जिल्ला सेक्रेटरी मनिलाल ऐडि (रणदिप)को अध्यक्षता भएको कार्यक्रमममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी (विराट)ले कार्यालयको औपचारिक उद्घाटन गर्नु भयो । नेकपाले सरकारले प्रतिवन्ध लगाएपछि कार्यालय सदरमुकाममा भने स्थापना गर्न सकेको थिएन ।

नेकपाले सरकारमुकाममा कार्यालय स्थापना गर्न नसकेपनि जनताको घरघरमा पुगेर कार्यालयवाट हुने जनसेवाका कामहरु गर्दै आएको दावी गरेको छ ।

केपी ओली नेतृत्वको सरकार संग तीनवुदे सहमति संगै प्रतिवन्ध फिर्ता लिएपछि नेकपाले आफ्नो पार्टी कार्यालय मुकाममा स्थापना गरेको हो ।
कार्यालयको उद्घाटनका अवसरमा जिल्ला इन्चार्ज विराटले सरकारले तीन वुदे सहमति कार्यान्व नगरेको,नेता कार्यकर्ता गिरफ्तार जारी राखेको भन्दै आपत्ती जनाउनु भयो ।

उहाँले सिंहदरवार गाउँ गाउँमा होइन लुटतन्त्र,भ्रष्टाचार, हत्या हिंसा,वलात्कार लगायतका विसंगतिहरु गाउँ गाउँमा पुगेको दावी गर्नु भयो ।
नेता विटारले संसदीय व्यवस्था नै कुहीएको फर्सि भएकाले अव नेता छान्ने चुनाव नभएर व्यवस्था छान्ने चुनाव अहिलेको उचित निकास भएको ठोकुवा गर्नु भयो ।

उहाँले भन्नु भयो “त्यसका लागि अब संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनतामा जनमतसंग्रहमा जानु पर्छ , अब जनमत संग्रहबाटै व्यवस्था परिवर्तन गर्न सकिन्छ ।”

यस्तै जिल्ला सेक्रेटरी रणदिपले पार्टीको विचार नीति र राजनीतिक विकल्प जनताको विचमा ल्याउन पार्टी वार्तामा आएको र वार्ता प्रचण्डहरुले गरेजस्तो नभएको स्पष्ट पार्नु भयो ।

कार्र्यक्रममा नेपाल पत्रकार महासंघकाका प्रतिनिधि,विभिन्न संचारमाध्यममा कामगर्ने पत्रकारहरु,पार्टी कार्यकर्ता जिल्लामा आमन्त्रण गरिएका व्यक्तिहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजिकरण पार्टी जिल्ला सदस्य तथा तिलागुफा नगरपालिका ईन्चार्ज रमेश चदाराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस