१३ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भव्य स्वागत गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको तीनवटा व्यूरोको वीरेन्द्रनगरमा हुने संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न शनिवार साँझ वीरेन्द्रनगर पुग्नु भएका महासचिव विप्लवलाई पार्टी नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन ।
महासचिव विप्लवलाई स्वागत गर्न उत्तर कर्णाली व्यूरो,मध्यकर्णाली व्यूरो र दक्षिण कर्णाली व्यूरोका नेता तथा कार्यकर्ताहरुले फुलमाला अविर लगाउदै र पुष्प गुछा हस्तान्तरण गर्दै स्वागत गरेका थिए ।
स्वागतपछिको संक्षिप्त कुराकानीमा महासचिव विप्लवले नयाँ परिस्थितिको नयाँ कार्यभार समाल्न पार्टी प्रशिक्षणका लागि सुर्खेतमा जम्मा हुन पुगेको बताउनु भएको छ ।
उहाँले आफुलाई भव्य स्वागत गरेकोमा कर्णालीको पार्टीलाई धन्ववाद दिर्दै महासचिव विप्लवले परिस्थिति निकै नयाँ भएको र राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारी नेकपाले लिनु पर्ने आवश्यक भएको वताउनु भयो ।
उहाँले पार्टीका प्रवक्ता प्रकाण्डको स्वास्थ्यमा समस्या आएकाले यसअघि तय गरिएको कार्यक्रम स्थगित भएको र अहिले स्वास्थ्यमा सुधार भएपनि अरु कामको चापले प्रकाण्ड नआएको र कर्णालीमा आफु पुगेको वताउनु भयो ।
भोलीवाट वीरेन्द्रनगर स्थिति जिल्ला समन्वय समितिको सभाहलमा तीनवटा व्यूरोका अगुवा कार्यकर्ताको प्रशिक्षण हुने छ ।
प्रशिक्षण कार्यक्रम विहानको खाना खाएर मध्याहन्न १२ बजेवाट सुरु हुने नेकपा मध्यकर्णाली व्यूरोका इन्चार्ज विवेकले जानकारी दिनु भयो ब ।
प्रशिक्षण कार्यक्रममा उत्तरकर्णाली,मध्यकर्णाली र दक्षिण कर्णालीका तीनवटै व्युरोका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता हुने छ ।
कार्यक्रममा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु सुर्खेत पुगिसकेका छन ।
प्रतिक्रिया दिनुहोस