काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कामचलाउ सरकारलाई राष्ट्रघाती एमसीसी परियोजना लागू गर्ने अधिकार नभएको बताएको छ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सीले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
एमसीसी परियोजनालाई नेपालको संविधान र कानूनभित्र ल्याइयोस या खारेज गरियोस् अन्यथा देशभक्त जनताको झन ठुलो जनप्रतिवादको सामाना गर्नुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ,-‘कामचलाउ सरकारले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यस्तो विवादित परियोजना लागू गर्ने अधिकार पनि राख्दैन। हाम्रो स्पष्ट धारणा छ कि एमसिसि परियोजनालाई नेपालको संविधान र कानूनभित्र ल्याइयोस या खारेज गरियोस् । अन्यथा देशभक्त जनताको झन ठुलो जनप्रतिवादको सामाना गर्नुपर्ने छ ।’
विज्ञप्तिको पूर्णपाठ
