मुगुमा गिरफ्तार केन्द्रीय सदस्य तत्काल रिहाई गर्न नेकपाको माग

१४ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशले मुगुमा आफ्नो पार्टीका केन्द्रीय सदस्य गिरफ्तार गरिएको घटनामा गम्भीर आपत्ति जनाउदै तत्काल रिहाई गर्न माग गरेको छ ।
नेकपा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य राजवहादुर बुमी उदयलाई मंगलवार गिरफ्तार गरिएकोमा आपत्ति जनाउदै तत्काल रिहाईको माग गर्नु भएको हो ।
नेकपाले सोरु गाउँपालिका वार्ड नं ०६ जिम गाउँ निवासी राज व बुमी उदय सीलाई ३ बुँदे सहमतिको ठाडो उल्लंघन गर्दै शुसिला कार्की नेतृत्वको कामचलाउ सरकारले विनाकारण राजनीतिक प्रतिशोधका कारण गिरफ्तार गरेको जनाएको छ ।
नेकपाले विज्ञप्तिमा भनेको छ ‘नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश घोर आपत्ति जनाउँदछ र यथाशीघ्र रिहाई को माग गर्दछ । अन्यथा पार्टीले रिहाईको लागि थप संघर्षका कदम चाल्नेछ । संघर्षबाट आउने परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने विज्ञप्ति मार्फत जानकारी गर्दछ ।’

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस