पछिल्लो घटनाक्रम वाहिरियो कि ? विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत वम (रणविर) लाई नेपालगन्ज कारागार भित्र समाजमा अपराधीक कृयाकलाप गरेका बन्दी हरु र जेलरको मिलोमतोमा एउटा क्रान्तिकारी नेता माथी राजनैतिक विचार आस्था राखेकै कारणलाई आधार वनाई आक्रमण गरियो भन्ने समाचार बाहिर आउदा हामी सवैको ध्यान केन्द्रीत वनायो सवै मिडियाहरुले प्राथमिकताका साथ समाचार पनि लेखे ।
कारागार भित्र पनि एउटा शासन चलाइएको हुन्छ जो बाहिर र भित्र आफ्नो च्यानल मिलाएका हुन्छन र तिनी विगतको समाजमा अपाराधिक कृयाकलापमै सरिक भएका व्यक्ति हुन्छन र आज पनि छन त्यसको संरक्षण जेलरले नै गर्ने गर्छ । उसले सम्पुर्ण वन्दिहरुमाथि आफ्नो हैकम जमाउने, व्यापार, सप्लाई, लिन देन र अवैध कारोवार सम्म गर्न भ्याउछ ।
संभव त्यो नहुनुपर्ने हो किनकी ? कारागार भनेको सुधारगृह हो तर दलाल राज्यसत्तामा त्यो हुदैन कस्ता खालका बन्दी वनाईएका छन र के प्रयोग गर्छन त्यहि खालको भित्र व्यापार हुँदै आएको छ । कारागार भित्रैवाट ठुला ठुला व्यापार र अपराधिक घटनाहरुको नेतृत्व कारागार भित्रै वाट भएका छन र हुन्छन ।
समाजमा हुने जति पनि घटना र असन्तोष हुन्छ राज्य व्यवस्था नै पहिलो कारक हुन्छ । सरकारकै कडा निगरानिमा रहेको बन्दी घरवाटै यति लुट र कालो धन्दा चल्छ भने अन्यत्र के होला वुझ्न सकिने अवस्थै छैन सोझा साझा जनतालाई !
नेकपाका नेता रणविर एकीकृत जनक्रान्तिको कार्य्दिशामा लामवद्घ भई क्रान्तिका वाकी कार्यभार पुरा गर्न मालेमावादी विचारमा कठिवद्घ एक निडर नेता हुनुहुन्छ । देशलाई मुक्त गर्न लाखौ नेपाली जनतालाई हक अधिकार दिन भनी अबिचलित यात्रामा लाग्दै दलाल संसदिय व्यवस्था र पुजिवादलाई उखेलेर मानव जिवनको सभ्य समाज निर्माण गर्ने द्घेयका साथ कम्युनिस्ट विचार र आदर्श वोक्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापित गर्ने क्रान्तिमा लामवद्घ नेता हुनुहुन्थ्यो ।
अहिलेको कथित कम्युनिस्ट नामधारी सरकारका पहरेदार केपि, प्रचण्डको जनविरोधी र रास्ट्रघाती सरकारले उहाँलाई वाके वाट पक्राउ गरेको कुरा सवै आम नागरिक, पार्टीपंक्ति, वुद्घिजिवि, पत्रकार, मानवअधिकारवादी सवैलाई जगजाहेरै छ ।
नेपाली धर्तीमा विभिन्न काल खण्डमा परिवर्तनकारी आन्दोलन भए तर नेतृत्वको धोका वेइमानी र गद्दारीले फेरि विभिन्न कालखण्डमा नेपाली जनताले धोका खादै आएको तितो यथार्थ हामी सामु छ । महान दश वर्षे जनयुद्धमा ठूलो योग्दान पुर्याएका नेता एक कमरेड रणविर पनि हुनुहुन्छ ।
त्यति मात्रै होईन दुई भाइ दुरदर्शि, विकसितको जनयुद्धमा शाहदत भयो रगत र वलिदानले ल्याएको अहिलेको सानो परिवर्तन तर संसदीय व्यवस्थाका तिनै नकचराहरुले भोक चलन गरेका छन त्यो थाहा पक्कै होला ।
कथित नामधारी कम्युनिस्ट सरकारले नेकपालाई प्रतिवन्ध लगायो जनता र राष्ट्रको मुक्ति संघर्षमा संघर्षरत पार्टीलाई प्रतिवन्ध लागाउनु देशलाई हरिकंगाल पराधिनता, दासता र परनिर्भरता वनाउनेहरुको हातमा देश चलाउने जिम्मा जानु नै नेपाली जनताका लागि दुर्भाग्य यो भन्दा अरु के हुन सक्छ ?
आज कस्ले देशलाई टाट पल्टाउने भन्नेहरुको प्रतिस्पर्धा छ । कस्ले वढी भ्रष्टाचार गर्ने भन्नेहरुको प्रतिस्पर्धा छ । कस्ले नेपालका नदि नाला विदेशिलाई वेचेर खुसी पार्ने प्रतिस्पर्धा छ । कस्ले नेपालकी चेली अफ्रिकी मुलुक केन्यामा वेच्न सकिन्छ भन्नेहरुको प्रतिस्पर्धा छ । कस्ले दलाल पुजि भित्र्याउने भन्नेहरुको प्रतिस्पर्धा छ । कस्ले सरकारी जग्गा आफ्नो नाममा गर्न सक्छ भन्ने प्रतिस्पर्धा छ । जनघात र वेइमानिको प्रतिस्पर्धामा यो सरकारका प्रधानमन्त्री देखि कथित स्थानियतह सम्म “लुटि खाने र भुटी चपाउने” विचको प्रतिस्पर्धामा छन ।
कसले राष्ट्र र जनताको लागि राम्रो काम गर्ने भन्नेहरुको प्रतिस्पर्धा १ प्रतिशत पनि छैन र नेता रणविरले जनता र राष्ट्रको लागि क्रान्तिमा लागेकै कारण उहाँलाई गिरफ्तार गर्यो र उहाँ कारागार हुनुहुन्छ उहाँ कुनै जनविरोधी कार्य, चोरी डकैती, वलत्कार र लागू औसध ओसारपसार गरेर कारागार यो दलाल सरकारले लगेको होईन थाहै होला र पार्टी स्वयम् यस्ता कार्यको विरोध र संघर्ष गर्छ र गर्दै आएको छ बाहिर हुदा होस या कारागार हुदा होस हाम्रो उद्घेश्य गलतका विरुद्ध लड्ने हो आवाज उठाई राख्ने हो तिम्रो प्रतिवन्ध त के तिमी गोलि हान ! आवाज कहिल्यै मर्दैन !
कारागार भित्र लागू औसध ओसारपसार गर्नु राम्रो हैन वन्दीहरुको जीवनको कुरा उठाउदा आक्रमण गर्न आउनु र योजना स्वयम् जेलरले नै वनाउनु यो गम्भीर आपत्ति जनक हुन आउँछ । के वुझ्न सकिन्छ भने जेलर नै लागु औसधको कारोवार गर्दा रहेछन र यक्सपोज हुने खतरा हुदा आक्रमण गर्न लगाएको हुन सक्छ भन्ने वुझ्न सकिन्छ ।
प्रहरी र बन्दी नाइकेहरुको मिलेमतो नै हो एउटा नेतालाई कारागार भित्रै आक्रमण गर्न लगाउनु निकै गम्भीर प्रश्न हो यो दलाल संसदीय व्यवस्था र कथित कम्युनिस्ट सरकार कति अमानविय र असभ्यताको परिचय दिएको छकि भनेर साध्य छैन ।
क्रान्तिकारीलाई विभिन्न बहानामा यस्ता निन्दनीय कार्य हुनु भनेको फासिवादी रवैया हो असत्य राज्य संचालन मनुहरुको धुर्ताई राज गर्ने परिपाटी हो साथै देश लुट्नेहरुको पराकास्टा पनि हो र उदो दशा !
आक्रमण गर्न लगाउने र संगलग्नहरुलाई एक दिन अवश्य खाल्डोमा पुर्याउने छौ कारागार भित्रका भिज्लान्ते र जेलर एक दिन तिमी हाम्रो जेलमा हुनेछौ खवरदार यस्तो कार्य गर्न गराउन । वदलाका मुट्ठीहरु कसिलै छन होसियार ! खबरदार !!
(लेखक युवा संगठन नेपाल केन्द्रीय समितिका उपाध्यक्ष तथा पश्चिम कमाण्ड इन्चार्ज दिनेश विक हुन)