युवा संगठन कालिकोटले दियो जिल्ला प्रशासन कार्यालयलाई नयाँ नक्सा

असाेज १४, कालिकोट । विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपालले जिल्ला प्रशासन कालिकोटलाई नेपालकाे नयाँ नक्सा दिएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई भेटेर लिपुलेख र लिम्पयाधुरा सहितको नेपालकाे नयाँ नक्सा कार्यालमा राख्नुपर्ने भन्दै युवा संगठन कालिकाेटले नेपालको नयाँ नक्सा दिएको हाे ।

भरत दावी गर्दै आएको नेपालको भुमि लिपुलेख र लिम्पयाधुरा फिर्ता ल्याउनकाे लागि सरकारलाई दबाब दिनकाे लागि युवा संगठनले जिल्ला प्रशासन कार्यालयमा नेपालकाे नयाँ नक्सा दिएको संगठका अध्यक्ष गाेबिन्द्र बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस