सुर्खेतमा ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन

१३ कार्तिक,सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ५ दिने आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन भएको छ ।

जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन भएको हो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि जनपत्रकारिता’ भन्ने नारा सहित तालिमको उद्घाटन भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीले आधारभूत पत्रकारिता तालिमको मैनबत्ति बालेर उद्घाटन गर्दै तालिमले पूँजीवादको शोषणका विरुद्ध अग्रभागमा रहेर लड्ने कलमको सेना उत्पादन गर्ने बताउनु भयो ।

उद्घाटन सत्रमा नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्रुव सी,जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा,सचिव बसन्त विक,सहिद परिवार समाजका केन्द्रीय कोषाध्यक्ष योजना सी,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य शोभराज बराल र नेकपा वीरेन्द्रनगर नगरसचिब श्याम सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

तालिमका मध्यकर्णाली तथा दक्षिण कर्णाली व्यूरोका जिल्लाहरुबाट आएका करिव डेढ दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिममा प्रशिक्षकहरुबाट समाचार के हो ? पत्रकारिता के हो ? र समाज परिवर्तनका लागि कस्तो पत्रकारिता गर्नु पर्छ ? भन्ने आदि विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सिकाई गरिनेछ ।

जनपत्रकार संगठन नेपालका कर्णाली प्रदेश संयोजक जनदिशनाथ योगीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमा रणबहादुर विष्टले स्वागत मन्तव्य दिनु भएको थियो भने संचालन जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य खिम डिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस