मंसिर १४, काठमाडौं । भारतले नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गरेको नेकपाले दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
शनिबार पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गरेर भारतीय हस्तक्षेप विरुद्ध संघर्षका नयाँ कार्यक्रमहरु सार्वजनिक गर्नु भएको हो । विज्ञप्तिमा मङ्सिर १५ गते देखी २६ गतेसम्मका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध यसअघि एकहप्ते संघर्षका कार्यक्रम सम्पन्न गरेको नेकपाले शनिबार दोश्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।
संघर्षका कार्यक्रमहरु अन्तर्गत जुलुुस प्रदर्शन, अन्तरक्रिया, सिमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दुतावास अगाडी प्रदर्शन, ज्ञापन पत्र बुझाउने र साहित्यिक कार्यक्रम रहेकाछन् । साथै विज्ञप्तिमा नेकपाले बर्तमान केपी सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको बताएको छ ।
देशको माटो रक्षार्थ उठेको आक्रोस, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको भन्दै नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरु कुनै तरिकाले पराजित नहुने कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ सहित
प्रतिक्रिया दिनुहोस