भेषराजका बुबाको निधनप्रति विप्लवद्वारा श्रद्धाञ्जली प्रकट

५ पुस काठमाडौँ । नेकपाका महासचिव विप्लवले पार्टी केन्द्रीय सदस्य भेषराज भुसालका बुबा नीलकण्ठ भुसालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नु भएको छ । भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको पुस १४ गते बुधबार साँझ शिवराज नगरपालिका वडा नं. ३ खरेश्वर, कपिलवस्तुमा निधन भएको हो ।

महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै भन्नु भएको छ ‘हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमरेड भेषराज भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको यही पुस १४ गते बुधबार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ खरेश्वरमा निधन भएकोमा हाम्रो पार्टी दुःखी भएको छ । हामी मृतक नीलकण्ठ भुसालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ र कमरेड भेषराजलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

महासचिव विप्लवले जनयुद्ध र एकीकृत जनक्रान्तिमा बुबा नीलकण्ठको निरन्तर र महत्वपूर्ण साथसहयोग रहेको पनि अविस्मरणीय गर्नु भएको छ ।
मृतक नीलकण्ठ भुसालको आज बिहान शिवराजस्थित बेलखोलामा अन्तिम संस्कार गरिएको छ । नेकपाका महासचिव विप्लवले अन्तिम संस्कारका क्रममा मृतकप्रति श्रद्धाञ्जली र पार्टी केन्द्रीय सदस्य भेषराजलगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ ।।
शोक वक्तव्यको पूर्णपाठ‘

प्रतिक्रिया दिनुहोस