विधुत, खानेपानी र खाद्यय वस्तुमा ४५ प्रतिशत छुट गर्न अखिल (क्रान्तिकारी) हुम्लाको माग

१५ पुस, हुम्ला । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) हुम्लाले विधुत, खानेपानी र खाद्यय वस्तुमा ४५ प्रतिशत छुट गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारीले विद्यार्थीलाई अध्ययन गर्दा गार्हो हुने गरेको भन्दै शैक्षिक सुधारका विभिन्न ७ वुदे माग सहित शिक्षा समन्व एकाइ र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र समेत वुझाएको छ ।

विहिवार विद्यार्थी संगठनका जिल्ला अध्यक्ष उपेन्द्र रावल सहितको नेतृत्वमा गएको विद्यार्थीहरुको टिमले शिक्षा क्षेत्रमा भएका विकृति विसंगतिहरु तत्काल सुधार गर्न माग गर्दै ज्ञापनपत्र वुझाएको हो ।

ज्ञापनपत्रमा सदरमुकाममा अध्ययन गर्ने विद्यार्थीको लागि विधुत,खानेपानी र खाद्य उभोगका वस्तुहरुमा ४५ प्रतिशत छुट गर्नुपर्ने, दलित,पिछडिएका जनजाति र महिलालाई छात्रावासको व्यवस्था गरिनु पर्ने, दक्ष शिक्षकको व्यवस्था गरिनु पर्ने, खेताला शिक्षकलाई कार्वाही गरिनुपर्ने, कक्षा १ देखि १२ सम्म अनिवार्य निशुल्क शिक्षा दिइनु पर्ने लगायतका मागहरु राखिएका छन ।

यस्तो छ ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस