अखिल नेपाल शिक्षक संगठन विनायकको प्रथम नगर भेला सम्पन्न

सुरेश रावत

१५ पुस,अछाम । अखिल नेपाल शिक्षक सङ्गठन पन्चदेवल बिनायक नगरपालिकाको प्रथम नगर भेला विहिवार बिनायकमा सम्पन्न भएको छ । भेलाले बखत ब शाही अध्यक्षतामा ११ सदस्यीय शिक्षकको नगरकमिटी चयन गरेको छ ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला सचिव तपेन्द्र तिमिल्सेनाले सम्वोधन गर्दै अहिलेको अबस्थामा पार्टी संसदीय ब्यबस्थाको चुनाबको पक्षमा नभएको वताउनु भयो । उहाँले संसदीय व्यवस्था असफल भएकाले त्यसको ठाउँमा जनमतसंग्रहको चुनाववाट बैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्ने वताउनु भयो ।

सचिव तिमिल्सेनाले जसका लागि जनतालाई वौद्धिक जगत शिक्षकवर्गले संगठित गर्न सुझवा दिनु भयो ।

भेलामा नेपाल शिक्षक संगठनका जिल्ला सम्मेलन आयोजक समिती संयोजक बल ब थ्यायत जिल्ला सचिवालय सदस्य निरक शाही , पन्चदेवल बिनायक नगर कमिटी सचिव सङ्गम चलाउने, जनपत्रकार सङ्गठन अछामका जिल्ला उपाध्यक्ष सुरेश रावत, शिक्षक चन्द्र भुल, प्रेम बोगटी समाजसेवी जितेन्द्र बोगटी लगायतको उपस्थिति रहेको थियो ।

वखत व.शाहीको अध्यक्षतामा सम्पन्न भएको भेलाको सन्चालन अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सदस्य बिर्ख बिकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस