ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको छ । उनीहरु सबैलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि भन्दै नख्खु कारागार चलान गरेको थियो । बन्दीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, सन्तोष कोइराला, बासुदेव तिवारी, चुडाबहादुर निरौला र राजु अधिकारीले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस