१८ काठमाडौं । चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्ध भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनिया दूतावासले यसबारे जानकारी गराएको हो ।
चीन भित्रसमेत कोरोनाविरुद्धको भ्याक्सिनको माग उच्च रहेको बेला नेपाललाई भ्याक्सिन दिने निर्णय गरेको हो । दूतावासले नेपाली सरकारी अधिकारीहरुसँग भ्याक्सिन आपूर्तिबारे छलफल भईरहेको जनाएको छ ।
चिनीया कम्पनी सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन नेपाललाई दिन लागेको हो । हालै चीन सरकारले उक्त भ्याक्सिन उत्पादनको लागि अनुमति दिएको थियो ।