दलाल व्यवस्थाका कारण युवा विदेशीन बाध्य भए: दिनेश सी

१८ चैत, बाँके । युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीले दलाल व्यवस्थाका कारण निरास भएर युवा विदेशीन बाध्य भएको बताउनुभयो ।

युवा संगठन नेपाल बाँकेको पाँचौं जिल्ला सम्मेलन उद्घाटन समारोहमा बाेल्दै शनिबार उपाध्यक्ष दिनेश सीले यस्तो बताउनुभएको हाे ।

उहाँले युवाहरु निरास भएर विदेशीदा देश दलाल र भ्रष्टहरुको हातमा जाने भएकाले निरास भएका युवाहरूलाई आसाबादीको संदेश दिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष दिनेशले दलाल संसदीय व्यवस्था असफल सिद्ध भएको दाबी गर्दै यो व्यवस्थाबाट नेपालका युवा, महिला, किसान, मजुदर, श्रमिक, उद्योगी व्यवसायीहरुको समस्या समाधान नहुने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो व्यवस्था चोरेर खाने, ठगेर खाने, भ्रष्टाचारी जन्माउने व्यवस्था भएको भन्दै यसको निकास नेपाली विशेषताको समाजवादबाट खोज्नुको विकल्प भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस