युवा संगठन नेपाल उत्तर बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शिशिर सी

१८ चैत, बाँके । युवा संगठन नेपाल उत्तर बाँकेको पाँचौं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।

‘राष्ट्रघात,भ्रष्टाचार, मानव तस्कर विरुद्ध हाम्रो आन्दोलन, नेपाली विषेशताकाे समाजवादकाे लागि पाँचौ जिल्ला सम्मेलन’ भन्ने मुलनारा साथ आइतबार जिल्लाको काेहलपुरमा सम्पन्न जिल्ला सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।

सम्मेलनले शिशिर सीकाे नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा ओमप्रकाश सी, सचिव शिवराज सी, सहसचिव सुरेश चौधरी र काेषाध्यक्ष रमिला वुढा सहित १९ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

सम्मेलनको बन्दसत्रलाई युवा संगठन नेपाल निवर्तमान उपाध्यक्ष दिनेश सीले सम्बोधन गर्दै युवाहरूले समाजमा हुने सबैखाले विकृती, विसंगति र लागू औसध दुर्व्यसनी रोक्न गाउँ गाउँमा सचेतना जोगाउनु पर्ने वताउनु भयो ।

उहाँले संकटग्रस्त दलाल व्यवस्था फाल्न सम्पुर्ण युवाहरुलाई युवा संगठन नेपालमा आवद्ध गर्न संगठनलाई गाउँ गाउँसम्म विस्तार गर्न निर्देशन दिनुभयो ।

नेकपाका केन्द्रिय सद्स्य तथा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले असफल संसदिय दलाल व्यवस्थाका विरुद्घ संघर्ष गर्न आग्रह गर्दै नेपाली विशेषताको समाजवादमा मात्र युवाहरुका हकहित ग्यारेन्टी हुने भएकाले सचेत ढंगले सक्रिय रुपमा एकीकृत जनक्रान्तिमा भाग लिन युवाहरुलाई आह्वान गर्नु भयो ।

बन्दसत्रमा उत्तर बाँके जिल्ला सेक्रेटरी कल्पना सी, युवा संगठन नेपाल पाचौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सद्स्य दिपक सी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस