चैत १८, बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ प ४८४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको थियो ।
दुर्घटना भए लगत्तै उपचारकालागि शिक्षण अस्पताल कोहलपुर पुयाएकी शोभा केसी बटालाको चिकीत्सकले मृत घोषणा गरेका हुन । मृतक बटाला बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा काम गर्दै आएको बैजानाथ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले बताउनु भयाे ।
मृतक बटाला मोटरसाइकलको पछाडी सवार थिइन । मोटरसाइकल चालक डन्ड बिक्रम बिष्ट भने गम्भीर घाइते भएका छन । एम्बुलेन्स चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुललिप चन्दले बताउनु भयाे ।