चैत १८, कालीकोट । नेपाल युवा परिषद कालिकोटले जिल्लाको महाबै गाउँपालिकामा माक्स बितरण गरेको छ ।
कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेम बहादुर सिंहको सहयोगमा मंगलबार महाबै गाँउपालिकाको वडा नम्बर ५र ६ मा पुगेर कोरोना सम्बन्धि सचेतनासँगै मास्क बितरण गरेको हो ।
नेपाल युवा परिषदले जम्मा ७ वटा वडा रहेको महाबै गाउपालिका सबै वडामा माक्स वितरण गर्ने नेपाल युवा परिषद कालिकोट जिल्ला सचिव खगेन्द्र मल्लले जानकारी दिनु भयो ।
नेपाल युवा परिषद कालिकोटका अध्यक्ष हिक्मत सिंहले लकडाउनको समस्याले सबैतिर पुग्न सम्भव भएको छैन सके सम्म जिल्ला बासि सम्पुर्णलाई कोरोना रोकथामका लागि माक्स बितरण गर्ने प्रयत्न भइरहेको बताउनु भयो ।