कालिकोटका सबै स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति वनाएनन, जिल्ला वनकै निग्रानीमा जडिवुढी निकासी

चैत्र १७, कालिकोट । कालिकोट जिल्लाका अधिकाँस स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति नलिएका कारणले गाउमा रहेको वहुमुल्य जडिवुढी निकासि निकै हुन थालेको छ ।

जनप्रतिनिधिहरुले वलियो निति र कडाई नगरेका कारणले कालिकोटका उच्च मिहाली क्षेत्रमा रहेको वहुमुल्य जडीवुढी निकासि हुदै आएको हो । स्थानिय तहले निति वनाएर आवस्यक राजस्व तिरेर उत्खनन गर्न पाउने जडिवुढी मात्र निकासी हुनु पर्नेमा ठेकेदारहरुले आफ्नै मनोमानी रुपमा धेरै थरीका जडिवुढी निकासि गरिरहेको पाईएको छ ।

पछिल्लो समय गाउ गाउमा स्थानिय तहले सडक पुगाएपछि जडिवुढी उत्खनन र निकासिमा प्रतिस्पर्धा हुन थालेको छ । पोहोरका वर्ष सम्म जिल्लामा केही मान्छेले मात्र जडिवुढी निकासिको पुर्जि लिने र उनैले संकलन गरेर लिने गरिएको भएपनि पछिल्ला वर्षमा प्रत्येक स्थानिय तहमा दर्जन वढिले जडिवुढीको उत्खनन र निकासि गरिरहेको पाईएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका वडा नं ९, १० र ११ मा निकै जडिवुढी पाइने क्षेत्र हो । त्यहाँ पर्यटकिय क्षेत्र रुडुवन्चुमा रहेका वहुमुल्य जडिवुढी निकै निकासी भईरहेका छन ।

साविकको चिल्खायामा सार्वजनिक कार्यक्रम राखिएको थियो । त्यहा जिल्लाका नेता देखि पत्रकारहरु समेत सहभागी भएका थिए । माथिवाट ट्याक्टरमा लोड गरेर स्थानिय ब्यापारीले वडामा सामान्य रसिद काटेर जडिवुढी निकासी गरिरहेका थिए । तर स्थानिय जनप्रतिनिधि केही समय मौन नै भए ।

पछि भने कसरी उत्खनन भयो, र कहाँ लगिदैछ भनेर प्रश्न गरे । वडा कार्यलयमा सामान्य रसिद तिर्ने र जडिवुढी निकासी गर्ने चलन पहिला देखिनै रहेको कुरा खुलेको थियो ।

ब्यापारीले आफुले वडामा कर तिरेकाले लिन पाउने वताईरहेका वेला जडिवुढी उत्खनन तथा निकासीको मापदण्डका बिषयमा निकै ठुलो छलफल भयो । तर केही निचोड निस्केन र गाडीलाई जडिवुढी लगेर जान दिईएको थियो ।

यस्तै समस्या अन्य स्थानिय तहमा पनि रहेको छ । पालाता गाउपालिकाले सामुदायिक वन र कवुलियत वनलाई जिम्मेवारी दिने गरेको गाउपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले वताउनुभयो ।

स्थानिय तहमा कानुन नवनेका कारणले जिल्ला वन कार्यालयले नै हाल सम्म छुट पुर्जि दिने गरेको जिल्ला वन कार्यालयका प्रमुख राजेश्वरमान श्रेष्ठले वताउनुभयो ।

जिल्ला वन कार्यालयका सुचना अधिकारी एजाज अनसारीका अनुसार यस वर्ष ८० जनाले जडिवुढी निकासिका लागी छुट पुर्जि लिएका छन । यो गत वर्ष भन्दा दोब्वरले वढेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस