दुई महिना पछि तिलागुफामा मोवाइल सेवा सुरु नागरिक खुसि

चैत्र १७, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा दुई महिना पछि वल्ला सञ्चार सेवा सुरु भएको छ ।

माघ महिनाको दोस्रो सातावाट अवरोध भएको नेपाल टेलिकमको मोवाइल सेवा हालै मात्र सञ्चालनमा आएको हो । लामो समयको सञ्चार अवरोध पछि वल्ल जुबिथाको हरीचौरमा रहेको टावर मर्मत भएपछि त्यस क्षेत्रका नागरिकहरु सञ्चार पहुँचमा पुगेका हुन ।

लगातारको पानी र हिमपातले टावरमा खरावी आएकाले अर्को बिकल्प नभएका कारण दुई महिना पहिला देखि अवरोध भएको मोवाइल सेवा गत बिहवार वाट सुचारु भएपछि नागरिकहरु खुसि भएका हुन ।

तिलागुफा नगरपालिका प्रमुख रतन वहादुर शाहीले एक प्रेस बिज्ञाप्ती प्रकाशित गदै नेपाल टेलिकम, नेपाल दुरसञ्चार केन्द्र, जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र समेत पेश गर्नु भएको थियो ।

तिलागुफा नगरपालिका संगै महावै गाउपालिका र खाँडाचक्र नगरपालिका भित्रका केही वडाहरुमा पनि मोवाइल सेवा पुर्णरुपमा वन्द भएको थियो । हाल आएर जुविथाको टावर सुचारु भएपछि त्यस क्षेत्रमा मोवाइल सम्पर्क हुन थालेको छ ।

तिलागुफा नगरपालिका वडा नं १ वजेरीचौरमा मोवाइल सेवा दुई महिना पछि सुचारु भएपछि त्यसको खुसिमा नागरिकहरुले समाजिक सञ्जालमा समेत सामुहिक रुपमा तस्वीर राखेर खुसि ब्यक्त समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस