चैत्र १७, कालिकोट । कालिकोट जिल्लामा यस वर्षको एस ई ई परिक्षा सोचे भन्दा निकै फरक देखिएको छ । पोहोरका वर्षमा परिक्षा केन्द्रमा तैनाथ हुने मानव सागर यस वर्षमा हवात्तै हटेको देखिएको छ ।
जिल्लाका सबै परिक्षा केन्द्रको वाहिर मानव सागरले मेला जस्तै देखिने परिक्षा केन्द्रमा यसवर्ष मानिसहरुको आउजाउ निकै कम भएको पाईएको छ ।
जिल्लाको केही परिक्षा केन्द्रमा गरिएको अनुगमनले चिट चोराउने नाममा हुने मानिसहरुको भेला स्वाटै हटेको शिक्षा बिकास तथा समन्वय इकाई कालिकोटका प्रमुख मक्कर वहादुर भण्डारीले वताउनुभयो ।
परिक्षा सुरु भएको चैत्र १० गते वाट १६ गते शनिवार सम्म गरिएको परिक्षा केन्द्रको अनुगमनमा चिट चोराउने प्रबृतीमा निकै कमि देखिएको दावी गर्नु भयो ।
उहाँको भनाई संग शिक्षा बिकास तथा समन्वय इकाई कालिकोटका शाखा अधिकृत जसि प्रसाद चौलागाई पनि सहमत देखिनु भएको छ । कर्मचारीको अभावका कारणले इकाई प्रमुख भण्डारी र शाखा अधिकृत चौलागाईले जिल्लाका बिभिन्न परिक्षा केन्द्रको अनुगमन गर्नु भएको छ ।
अनुगमनका क्रममा परिक्षा सान्त र मर्यादित भएको र केही केन्द्रमा भने पुरानो झल्को देखिएको अधिकृत चौलागाईले वताउनुभयो । जिल्लाका १८ परिक्षा केन्द्र मध्य हाल सम्म शिक्षा बिकास तथा समन्वय ईकाई कालिकोटले ६ वटा केन्द्रको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सदरमुकाम मान्ममा रहेका तीन परिक्षा केन्द्र पञ्चदेवल मावि मान्म, महादेव आवासिय बिद्यालय वालमन्दीर र जनजिवन मावि ताडीमा चिट चोराउनेहरुको संख्य हवात्तै घटेको छ ।
यस्तै कालिमा मावि पिलि, चुलिमालिका मावि घोडेना, सत्यदेवि मावि थुविथामा पनि परिक्षा गत वर्ष भन्दा सुधार भएको पाईएको छ । कालिका मावि पिली र सत्यदेवि मावि जुविथामा अलि वाहिरको चहलपहल देखिएको इकाई प्रमुख भण्डारीले वताउनुभयो ।
सत्यदेवि मावि जुविथा परिक्षा केन्द्रका केन्द्राअध्यक्ष धर्मराज शर्माले वर्गिय अहँकारका कारणले परिक्षामा केही असहज अवस्था आएको वताउनुभयो ।
उहाँले जुविथाका भन्दा पनि केही आसपासका बिधालय वाट अबिभावकले परिक्षामा धादली गर्न खोजेको वताउनुभयो । उहाँले परिक्षामा अमर्यादित गर्न खोज्नेलाई नेताहरुले उनमुक्ती दिनुले भोली दिनमा पनि यस्तो समस्या आउने वताउनुभयो ।
आफुले निकै ठुलो धम्की पाउदा पनि स्थानिय सरकार र जिल्ला प्रहरी प्रशासन मौन वन्नुमा नेताको दबाब रहेको पुस्टी गर्नुभयो । बिज्ञान बिषयको परिक्षाका दिन एक बिद्यार्थीको सट्टामा परिक्षा दिईरहेको ब्यक्तिलाई प्रहरीको जिम्मा लगाउदा समेत नेताले उसैलाई प्रहरीवाट छुटाएर फेरी परिक्षा केन्द्रमा पठाउनुले हामी कस्तो समाज चाहिरहेका छौ भन्ने कुराको पुस्टी भएको वताउनुभयो । समग्रमा हेर्दा जिल्ला भरी परिक्षा सान्त र मर्यादित भएको नेकपाका नेता चित्रसिहं गाउलेले वताउनुभयो ।