चैत्र १७, कालिकाेट । जातको आधारमा गरिने विभेद अपराध भएको राष्टिय मानव अधिकार आयोगमा आयुक्त प्रकाश वस्तिले बताएका छन।
समाजमा अपराधकार्य गर्ने लाई कानुन अनुसार कारवाहि हुने भएकाले पिडा लुकाएर नवस्न उनले आग्रह गरे। आइतवार कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजना गरिएको जातिय विभेध तथा छुवाछुत विरुद्धको अधिकार विषयककार्यक्रम वोल्दै आयुक्क्त वस्तिले जातको नाममा कसैले पनि विभेध गर्न नहुनेमा जोड दिएका थिए।
कार्यक्रममा अन्य सहभागिहरुले पुराना पुस्ताको सभाव तथा अशिक्षा, गरिबि वेरोजगारको कारणले मान्छे मान्छे विच जातको आधारमा कालिकोटमा वढि विभेध हुने गरेको बताए। राज्यले संविधानमा भएका अधिकार कार्यन्वयनको पक्षलाई वेवास्ता गर्दा छुवाछुत हुने गरेको उनिहरुको भनाई छ ।
कार्यक्रममा नामव अधिकारकर्मि कालि बहादुर मल्लले, कालिकोटमा जातिय विभेदकैकारण एकमात्र दुध डेरि उद्योग बन्द भएको बताए। मान्म वजारमा केहिवर्ष अघि हिमचुलि कृर्षी सहकारि द्धारा संचालति डेरि उद्योगमा दलीत समुदायहरुले पनि दुध, दहि आउने हुदा वा्रमण, क्षेत्रि लगायतले दुध र दहि किन्न नआउने र गाँउवाटै खरिद गरेर ल्याउने हुँदा डेरि वन्द भएको मल्लले बताए ।
स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि जननिर्वा्चित दलित प्रतिनिधिहरूको व्यथा भने उस्तै छ । जनप्रतिनिधि बन्नुअघि उनीहरूले समाजमा जे जस्ता समस्या भोगिरहेका थिए, त्यसमा कत्ति पनि परिवर्तन आउन नसकेको कार्यक्रममा सहभागिहरुको गुनासो थियो ।
आफूजस्तै अन्य जनप्रतिनिधिको गाउँमा छुट्टै सम्मान प्रत्यक्ष देखेका उनीहरूलाई जनप्रतिनिधिबीच नै गरिएको विभेदले नरमाइलो अनुभव सँगाल्न बाध्य बनाइरहेको छ ।आफूहरूले जनताको सेवामा काम गर्ने गरेको भए पनि गैरदलितबाट सम्मान नपाएको उनीहरूको अनुभव छ ।
कसैले आफूहरूलाई नमस्कार गरे पनि व्यंग्य मिश्रित हुने गरेको दलित जनप्रतिनिधिको अनुभव छ । खाँडाचक्र नगरपालिका वडा नं ३ का वडा अध्यक्ष धनसिंह कामिले, गैरदलितले आफूलाई नमस्कार गरे पनि व्यंग्यात्मक तवरले गर्ने गरेको उनको अनुभव छ ।
यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि वडाध्यक्षदेखि माथिका जनप्रतिनिधिहरूमा यो समस्या देखिन थालेको छ । पुरानै संस्कृतिबाट हुर्केको समाजमा जातीय रूपमा दलितहरूप्रति हेर्ने दृष्टिकोण फरक भएका कारण सम्मानमा कन्जुस्याइँ हुने गरेको हो ।
कार्यक्रममा जिल्लाका विभिन्न ठाउँमा सहभागि दलित समुदाय र दलित अघुवाहरुले आफुहरुले व्यहोदै आएका समस्याका वारेमा जानकारि गराएका थिए । सामाजिक चेतना र शिक्षाको कमिले गर्दा ग्रामिण क्षेत्रमा त वढि जातिय विभेध हुने गरेको उनिहरुले बताए।
पढदो जातिय विभेधलाई न्युनिकरण गर्न सचेतनाका कार्यक्रम संञ्चालन गर्नु प्रर्ने सहभागिको जोड थियो । कालिकोटमा जातिय छुवाछुत न्युनिकरण गर्न जिल्लाका विभिन्न क्षेत्रमा अभियान चलाइरहेको भएपनि कार्यक्रम लागुभएको क्षेत्रमै वढि जातिय घटना हुने गरेको छ। साझा अवाज परिजनाले जिल्लाको नरहरिनाथ गाँउपालिकामा लागु भएको जातिय विभेध न्युनिकरण संचालनमा ल्याएपनि अझै सोहि ठाँउमा जातिय विभेध वढि रहेको सहभागिले आरोप लगाए ।
आर्थिक वर्षको साउन यता जिल्लामा ३८ वटा उजुरिहरु मध्य छुवाछुत सम्बन्धिका उजुरिहरु ८ ओटा परेको जिल्ला प्रहरि कार्यालय कालिकोटका प्रहरि नायव उपरिक्षक विनोश शर्माले जानकारि दिए।
८ ओटा घटनामा एकदलित जन प्रतिनिधिको त ज्यान समेत गइसकेको छ उनले भने, वालबिवाहका कारण छुवाछुतका घटनामा वृद्धि भएको बताए। जिल्लामा जातिय भेदभावका द्धटनाहरु लाई न्युनिकरण गर्न र अझै कुन कुन ठाँउमा छन यस्ता घटनाहरुको पहिचान गरि त्यस अनुसारको आयोगले रणनित ल्याएर कार्यन्वयन गर्नको लागि अन्र्तरक्रिया गरेको आयोजकले जानकारि दिएको थियो।
प्रतिक्रिया दिनुहोस