चैत १७, दैलेख । कर्णाली प्रदेशको दोस्रो ठुलो नगरपालिकाले चिनिएको दैलेखको दुल्लु नगरपालिकाले राष्ट्रिय फूल लालिगुरासँको जुस उत्पादनमा जोड दिएको छ ।
नगरपालिका भित्रका सामुदायिक जंगलमा रहेका लालिगुरासँको फूलबाट जुस निकाल्नका लागि दुल्लुमा अवस्थित ज्वाला मालिका एग्रो प्रा.लि.को आयोजनामा जुस उत्पादन तालिम समेत सञ्चालन भईरहेको छ ।
बुढापाकाले गुरासँको फूललाई औषधिको रुपमा विगत देखिनै प्रयोग गर्दै आएको पाईन्छ । आजभोली ढकमक्क भएर जताततै रातो,सेतो गुरासँ फूलेको देखिन्छ । मौसमी वास्नाले एकातर्फ मानिसले गुरासँको आनन्द लिन्छन भने अर्कातर्फ जुस पिउँदा गर्मि समयमा शरिरलाई झनै आनन्द बनाउँछ ।
गुरासँको फूललाई प्रशोधन गरि तालिमसँगै जुस बनाउन शुरु गरिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए । ‘जुसले स्वास्थ्यलाई पनि फाईदा गर्ने भएकाले लाभदायी हुँन्छ’, प्रमुख भण्डारीले भने ‘वनमा रहेका बस्तुबाट अर्गानिक जुस उत्पादन गर्न लागेको छौं’ ।
चालु आर्थिक बर्षमा १० हजार बरावर जुसको प्याकेट उत्पादन गर्ने लक्ष्यका साथ पञ्चकोशी क्षेत्रमा आउँने पर्यटकलाई पेयपदार्थको रुपमा जुस खुवाएर पर्यटकलाई आर्कषण गराउने योजना रहेको उनले बताए ।
ज्वाला मालिका एग्रोका संचालक किरण भण्डारीले सामुदायिक वनमा रहेको लालिगुरांसको फूललाई उपयोगमा ल्याई आयआर्जनमा लम्किने लागेको बताए । सवैले प्रयोग गर्न मिल्ने, ग्याष्टीक,पाचन समस्या, मधुमेह, जुनसुकै विरामीले पनि खाएमा स्वास्थ्यमा सुधार आउँछ भण्डारीले थपे, जुस बजारमा छिटै ल्याउँदैछौं । उनका अनुसार जुसलाई ल्याव टेष्टका लागि काठमाडौं पठाईएको छ ।
जुसको ल्याव टेष्ट भइसकेपछि बजारमा उपलब्ध गराइने छ । जुस उत्पादन भई बजारमा पुग्यो भने जिल्लाको ठुलो पहिचान हुने आठबीस नगरपालिकाका गणेश खनालले बताए । जुस उत्पादन हुन शुरु भएसंगै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही लगायतले जुसको स्वाद लिँदै उदारणीय कामको थालनी भएकोमा प्रशंसा समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस