पत्रकारीता, उम्मेदवारी र प्रतिवद्धता

केन्द्रीय सदस्यका उम्मेदवार (कर्णाली प्रदेशबाट) नेपाल पत्रकार महासंघ

विषय प्रवेश

पत्रकारीता आफैमा एउटा गहन, कठिन र जिम्मेवारीपूर्ण पेशा हो । यो समाज परिवर्तनको ऐना पनि हो । यो पेशामा मैले जोडिने अवसर पाउनु मेरो लागि गौरव र चुनौति दुवैको विषय नै थियो । जव ०५७÷०५८ साल तिर काठमाण्डौ वाट जनादेश साप्ताहिक र सुर्खेत वाट सुर्खेत पोष्ट साप्ताहिक प्रकाशित हुन्थ्यो । तव त्यो समयमा म पत्रपत्रिका प्रति जिज्ञासु भएका कारण समाचार लेख्न र पढन रुची राख्थे । जसले गर्दा जनादेश र सुर्खेत पोष्टको संवाददाता भएर कालिकोट वाट रिपोटिङ्ग गर्दै पत्रकारीता पेशाको सुरुवात गरे । त्यतिवेला माओवादी जनयुद्धको एक पूर्णकालिन सदस्य पनि थिए । किनकि खुल्ला परिवेशमा जनपक्षिय पत्रकारीता गर्नें वातावरण पनि थिएन । राज्यले प्रेस माथि पनि अंकुश लगाएको अवस्था थियो ।

२०६० सालमा माओवादी जनयुद्धका क्रममा गणतन्त्र रेडियो देशका पाँच ठाउँमा सुरुवात गरिए । जुन रेडियो डोकोमा वोकेर लुकिछिपि डाँडाकाँडा वाट लगाउनु पथ्र्यो । त्यो रेडियोको सेति महाकाली क्षेत्रमा काम गर्ने सुरुवातमै अवसर प्रदान भयो । तत्कालिन सुरक्षाकर्मी संगको लुकामारी खेल्दै कालिकोटको कोटवाडा, माल्कोटको दुदुल्ली, अछामको रामरोशन डाँडा, डोटीको वर्छेन, चुरे कैलालीको डाँडावाट गणतन्त्र रेडियो संचालन गरयौ । रेडियोका निर्देशक लक्ष्मणदत्त जोशी हुनुहुन्थो । जो दार्चुला जिल्लावाट साँसद पनि हुनु भयो । हामी सहकर्मी पुष्प न्यौपाने, प्रेमराज सिम्खाडा, टाईगर, रोसन, सुरेश विष्ट, समुन्द्र लगायतका साथीहरुले काम गर्ने अवसर पार्यौ । उहाँहरु सवै सहकर्मी साथीहरुलाई विशेष सम्झिन चाहान्छु ।

विविध कारण सेति महाकालि क्षेत्र वाट संचालित रेडियो वन्द भएपछि भेरी कर्णाली तिर आएर रेडियोमा काम गर्ने पनि अवसर प्रदान भयो । आदरणीय दाजु देविराम देवकोटा, सहकर्मी जेवि सुनार, निलम आरसी, शिशिर जिसी, आसा ंिददि लगायतका साथीहरु संग सगै काम गर्ने सुनौलो अवसर प्राप्त भयो । रेडियोका निर्देशक रामलाल विक देखि रेडियोका सम्पुर्ण आदरणीय तथा प्रिय सहकर्मीहरुमा विशेष सम्झना सहित धन्यवाद दिन चाहान्छु ।

शान्ति प्रक्रिया पछि सुर्खेत र नेपालगंजमा यहि टिमले रेडियो संचालन गर्र्यो । निलम लगायतका साथीहरु नेपालगंजको रेडियो जनआवाजमा काम गर्नु भयो भने एउटा टिमले सुर्खेतमा रेडियो भेक आवाज संचालन गर्यो । मैले सुर्खेतको रेडियोमा काम गर्ने अवसर पाए । पछि पुन रेडियो हिमाल एफएम सुर्खेत वाटै संचालन गर्यौ । रेडियोको निर्देशक आदरणीय काशीचन्द्र वराल, स्टेशन म्यानेजर आदरणीय दाजु देविराम देवकोटा, कार्यक्रम संयोजक जेवि सुनार र म समाचार प्रमुख भएर काम गर्यौ । सवै आदणीय तथा सहकर्मी साथीहरु प्रति आभार सहित उच्च सम्मान छ । यो संगै रेडियो नेपाल सुर्खेत क्षेत्रीय प्रसारण केन्द्र वाट आदरणीय दाजु देवीराम देवकोटा र मैले समाचार मुकल कार्यक्रम समय सन्र्दम पनि संचालन गर्ने अवसर पार्यौ । केही समय पछि देवीराम दाईले छोडेपनि मैले निरन्तर एक वर्ष वढी सम्म यो कार्यक्रम चलाईनै रहे । यो पत्रकारीता क्षेत्रको सुनौलो र ऐतिहासिक अवसरको रुपमा लिएको छु । थुप्रै चुनौतिका वावजुद यो अवसरलाई जनताको सामाजिक परिवर्तनको धारमा सदुपयोग गरियो । त्यपछिका विविध उताव चढापले सहकर्मी पत्रकार साथीहरु विभाजित भयौ । तर पत्रकारीता क्षेत्रमा भने कुनै न कुनै रुपमा जोडिएर क्रियाशिल भइनै रहयौ ।

मलाई भने कालिकोटको मान्ममा स्थापना भएको रेडियो चंखेलीमा काम गर्ने अवसर प्रदान भयो । करिव १ वर्ष वढी त्यो रेडियोमा आदरणीय पुष्पराज आर्चाय स्टेशन म्यानेजर हुुनु भयो भने केही समय कार्यक्रम संयोजक पवित्र शाही र पछि म आफै कार्यक्रम संयोजक तथा समाचार प्रमुखको जिम्मेवारी लिएर काम गरे । सहकर्मी साथी अनिता विष्ट, हस्त चौलागाई, नन्दकृष्ण अधिकारी, खडानन्द अधिकारी विश्वनाथ सिम्खाडा, वसन्त विक (वर्षात) लगायत सवैलाई विशेष आभार सहित स्मरण गर्न चाहान्छु । रेडियोका अध्यक्ष जजराज शाहीलाई पनि आभार सहित धन्यवाद भन्न चाहान्छु । प्रिय भाई दिलिप शाहीलाई पनि धन्यवाद छ । किनकि मेरो पत्रकारीताको क्षेत्रमा यो रेडियोले पनि निखारिने अवसर दिएको थियो । त्यसपछि पनि पत्रकारीतामै क्रियाशिल रहिरहेको छु । हाल भाई कर्ण विश्वकर्मा र मैले ज्वाला खवर डट्कम अनलाई र ज्वाला खवर त्रैमासिक पत्रिकार संचालन गरेर पत्रकारीताको गति अगाडि वढाईरहेका छौ । करिव दुई दशक पत्रकारीताको इतिहाँसमा थुप्र्रै चुनौतिहरुको सामना गर्दै जनपक्षिय पत्रकारीताको कलम चलाइरहेको छु । यसमा मेरो मात्र होइन मेरा अग्रज पत्रकार साथीहरुको पनि महत्पूर्ण सहयोग, उत्साह र उत्प्रेणाले यहाँ सम्म पुगिएको हो । यस अवसरमा मेरा अग्रज सवै आदरणीय गुरुहरुमा हार्दिक आभार सहित धन्यवाद छ ।

उम्मेदवारी वारे

मेरो उम्मेदवारी कुनै अरु साथीहरुको योगदान र लगानीलाई न्युनिकरण गर्नु होईन । कुनै साथीहरु संग आग्रह पूर्वाहग्रह गर्न पनि होइन । यो त २ दशक लामो पत्रकारीताको इतिहाँसमा संंघालेका अनुभूतिहरु व्यक्त गर्दै आगामी पत्रकारीताको इतिहाँसमा केही नयाँ काम गर्न सकिन्छ कि भन्ने चाहाना मात्र हो । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा पुग्न सकिएमा पत्रकारको पेशागत हकहित र सुरक्षाका विषयमा केही नयाँ काम अवश्य गर्न सकिन्छ कि भन्ने प्रतिवद्धता र अठोट मात्र हो । यसलाई स्वभाविक रुपमा लिदै सवै कर्णाली प्रदेशका पत्रकार साथीहरुको सहयोगको अपेक्षा गरेको छु । अर्को कुरा मेरो पत्रकारीता जनपक्षिय अग्रगामी समाज परिवर्तनको धार नै अहिले सम्म निरन्तर जारी छ । यसलाई थप सशक्त वनाउन तपाई सवैको महत्पूर्ण भूमीका आवश्यक छ । सवै पत्रकार साथीहरुको पेशागत हकहितको सुरक्षाका लागि अझै म ज्यान फालेर काम गर्न तयार छु भन्ने आत्म विश्वासले मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हो । मेरो उम्मेदवारी कर्णाली प्रदेशवाट केन्द्रीय सदस्यका लागि छ । कर्णाली प्रदेश विकट प्रदेश, त्यसैमा पनि उत्पीडित क्षेत्र, अझै उत्पीडित जातिको क्षेत्रवाट पनि मेरो उम्मेदवारी भएकाले सवै पत्रकार साथीहरुको सहयोगको ठुलै अपेक्षा गरेको छु । प्रगतिशिल, समावेशी र राष्ट्रियता प्रति प्रतिवद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलका अध्यक्ष निर्मला शर्माको टिमवाट उम्मेदवारी दिएको भएपनि कर्णाली प्रदेशको हकमा मैले सवैको साझा उम्मेदवारको रुपमा सहयोग पाउने आशा गरेको छु । त्यसैले मैले केन्द्रीय सदस्यको पदका लागि उम्मेदवारी दिएको छु ।

प्रतिवद्धताहरु

सम्पूर्ण पत्रकारहरुको पेशागत सुरक्षा, समृद्धि र विकासका लागि राष्ट्रिय आम संचारको नीति निमार्णको तहमा विशेष पहल कदमी लिइनेछ ।

सम्पूर्ण मिडिया तथा संचार माध्यमहरुमा सरकारवाट आउने लोककल्याणकारी विज्ञापन समान तरिकाले वितरण हुने पहल गरिनेछ भने श्रोत साधनयुक्त आम संचार प्रशिक्षण प्रतिष्ठान वनाईने छ ।

संचार माध्यमको दर्ता, नविकरण, प्रेस पास वितरण, पत्रिकाको वर्गीकरण लगायतका कतिपय केन्द्रवाट हुने झन्झटिला कामलाई प्रदेश स्तरीय सरकारवाट हल हुने व्यवस्थाको पहल गरिनेछ ।

पत्रकारहरुको दुर्घटना विमा वनाउदा १० लाख सम्मको राज्यले र ५ लाख सम्मको काम गर्ने मिडिया हाउसले गरि १५ लाखको निशुल्क पत्रकार विमाको अनिवार्य व्यवस्था गर्न पहल गरिने छ ।

प्रेस राज्यको चौथौ अंग भएकाले हरेक पत्रकारको तलव भत्ता, निवृत्तभरण सम्वन्धि व्यवस्था मिडिया हाउस र सरकार दुवैको दायित्व हुने गरि व्यवस्था गर्न पहल गरिनेछ ।

हरेक पत्रकार साथीहरुको श्रमजिवी पत्रकार ऐन अनुसार पारिश्रमीक दिइने व्यवस्था कडाई पुर्वक पालना गराइने छ ।

महासंघको सदस्यता वितरणमा हुने पूर्वाग्रह र गैरपत्रकारको घुसपैठ नियन्त्रण गरि महासंघलाई शुद्धिकरण र रुपान्तरण गर्न पहल गरिनेछ ।

महासंघ भित्र हुने सवै किसिमका सामाजिक, साँस्कृतिक, लैङ्गिक, जातिय र क्षेत्रीय विभेदको अन्त्य गरिनेछ ।

मिडिया हाउस वाट हुने पत्रकारको निस्कासन, पारिश्रमिक नदिने आदि समस्या हल गरिने व्यवस्था गरिनेछ ।

१० पत्रकारको दुर्घटना वा अन्य कारण वाट मृत्यु भएमा वा अशक्त हुने गरि घाईते भएमा उसको वालवालिकालाई निशुल्क उच्च शिक्षा र स्वास्थ्य उपचारको ग्यारेण्टी राज्यले लिने व्यवस्थाका लागि पहल गरिने छ ।

प्रतिक्रिया दिनुहोस