१७ जेठ, सुर्खेत । हामी सबैको लागि आँखा एउटा महत्वपूर्ण अंग हो । यदि आँखा भएन भने हाम्रो संसार अन्धकार हुन्छ । जन्मजात नै आँखाको समस्या हुनु र दृष्टिविहिन हुनु त स्वभाविक मान्न सकिएला । तर जन्मिसकेपछि संसार देख्ने राम्रो आँखा, रोग लाग्दा र आर्थिक अभावले उपचार गर्न नसेर दृष्टिविहिन हुदा यसको पीडा सामान्य हुदैन । त्यो पनि घरको एउटा सदस्यको मात्र होईन । एउटै घरका आमा र छोरा नै आर्थिक अभावले दृष्टिविहिन हुनु निकै पीडादायी विषय हो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर १२ काठनगरको सुभाघाट बस्ने एउटा परिवार यस्तै अवस्थामा छ । नैनवहादुर सहकारीका श्रीमति अविसरा सहकारी र उहाँका ३ बर्षिय छोरा पूर्णबहादुर सहकारी आर्थिक अभावले आँखाको उपचार गर्न नसकेर दृष्टिविहिन हुन परेको छ ।
‘गरिबका लागि नत अस्पताल छन, नत आफन्तनै छन, नत सरकार नै छ मेरो परिवारको विचल्ली भयो सबै दाजु भाईले सहयोग गरिनुहोस’ नैनवहादुर भन्नु हुन्छ ।
उहाँकी श्रीमती अविसराको आज भन्दा १० बर्ष पहिले आँखामा सामान्य जलविन्दु र मोतिया विन्दु भयो । उहाँको आर्थिक अभावले समयमै उपचार हुन नसक्दा अहिले दुवै आँखा गुमेका छन ।
श्रीमतीको आँखाको समस्या त छदै थियो त्यसैमा नैनबहादुरलाई अर्को पीडा थपियो । उहाँका ३ बर्षिय छोरा पूर्ण वहादुरको पनि २ बर्षदेखि आँखाको रोगले दायाँ आँखा दुष्टिविहिन हुन पुग्यो ।
अविसराका श्रीमान नैनवहादुर सहकारीलाई श्रीमती अविसरा र छोरा पूर्णवहादुरलाई उपचार गर्न र स्याहार गर्न निकै कठिनाई भएको छ ।
छोरा पूर्ण बहादुरको २ बर्षअघि दाँया आँखामा सामान्य समस्या देखिएको थियो । विस्तारै समस्या बढदै गयो । अहिले आँखा नदेखिनेसम्म पुग्यो । आँखाको आकारपनि अर्को आँखा भन्दा ठुलो हुदै गएको छ ।
नैनबहादुर छोराको आँखामा समस्या देखिएपछि १ बर्षअघि जग्गा जमिन बेचेर र केही संघसंस्थाको आर्थिक सहयोगले काठमाडौको तिलगंगा आँखा अस्पतालसम्म पुग्नु भयो । छोराको आँखा उपचारमा १ महिना बढी समय विताउनु भयो । तर खर्च सोचे भन्दा बढी लाग्ने अस्पतालले भन्यो । उहाँ अधुरो उपचारमा सुर्खेत फर्किनु भयो ।

जसका कारण अहिले छोराको दाँया आँखा नदेखिने ठाउँमा पुग्यो । यदि पैसा भएको भए ३ बर्षिय छोराको दायाँ आँखाको ज्याति गुम्ने थिएन होला ।
छोरा पूर्णबहादुरको वाँया आँखामा पनि दाँया आँखा जस्तै अहिले समस्या देखिन थालेको छ । बुवा नैनबहादुर आत्तिएर निरास हुनुहुन्छ । किनकी छोराको दुवै आँखा विग्रिएपछि संसार अन्धकार नै हुने भयो भनेर ! उहाँ छोराको उपचारको लागि हारगुहार मागिरहनु भएको छ । अहिले छोरालाई काखमा च्यापेर गाँउ –गाउँमा डुलेर उपचारका लागि सहयोेग मागिरहनु भएको छ । उहाँले आफू अन्तिम अवस्थामा पुगेको बेदना पोख्दै देश विदेशमा बस्ने सबै नेपाली दाजुभाई दिदीवहिनीहरुलाई सहयोग गरिदिन विनम्र अपिल गर्नुहुन्छ । ‘छोराको उज्यालो संसार देख्ने चाहाना पुरा गरिदिन सक्दो आर्थिक सहयोगको याचना गर्दछु’ बुवा नैनवहादुरले भन्नु भयो ।
साविक कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका वडानम्वर ५ रुप्साबाट ५ बर्षअघि नैनबहादुरको परिवार वसाईसराई गरी गुर्भाकोट १२ लुतेपानी पुगेको थियो । अहिले उहाँसंग बस्ने वास समेत छैन । उहाँका ३ बर्षिय छोरा पूर्णबहादुर, १२ बर्षिय छोरी अस्मिता सहकारी र श्रीमती अविसरा गरी ४ जनाको परिवार छ ।

१२ नम्वर वडा कार्यालयले भाडा तिर्न नपर्नेगरी काठनगरमा बस्नेसम्म वास मिलाई दिएको छ । नैन वहादुरको परिवार त्यसैमा विगत एक बर्षदेखि बसिरहेको छ । नैनवहादुरको आजभोलि श्रीमती र छोरा छोरीको हेरचाह गर्न र साँझ विहानको छाक टार्न नै कठिन छ । त्यसैमा आर्थिक अभावले उपचार गर्र्ने बाटो नै उहाँले पाउनु भएको छैन । उहाँले ज्वाला खवरसंग भावुक हुदै भन्नु भयो ‘अब मेरो आत्महत्या गर्नु र मर्नु वाहेक अरु विकल्प छैन, सक्दो सबैले आर्थिक सहयोग गरी मलाई बचाईदिनुहोस् ।’
नैनवहादुरलाई श्रीमति र छोराको आँखा रोगको पीरले मात्र सताएको छैन । ९ बर्षिय छोरा एक बर्ष अघि वितेको पीडाले पनि सताएको छ । गत भदौमा आसा लाग्दो ९ बर्षिय छोरा गणेश बहादुर सहकारीको अरिङगलको टोकाईबाट निधन भयो । छोराको निधनले पनि नैनवहादुर विक्षिप्त हुनु हुन्छ । उहाँलाई श्रीमती र छोराको उपचारको लागि सोच्ने बाटो नै भेटिएन् ।
श्रीमती अविसरा र छोरा पूर्णवहादुरको उपचारमा सहयोग पुग्ने गरी आर्थिक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सिफारिस माग्न जाँदा नैनवहादुरले उल्टै गाली खानु पर्यो । उहाँलाई सिफारिस विना घर फर्किनु परेको पीडाले पनि निकै दुखी बनायो । २०८२ को जेठ १४ गते पत्रकार वसन्त विकको सहयोगमा जिल्ला प्रशासन कार्यालयबाट सिफारिस बल्ल– बल्ल पाउनु भयो ।

यहि सफारिस पत्रका आधारले इच्छुकहरुसंग प्रत्येक्ष भेटर सहयोग मागेर श्रीमती र छोराको उपचार गर्ने नैनबहादुरको सपना छ । तर त्यो निकै कठिन छ । गाउँ –गाउँ वजार –वजारसम्म पुगेर सहयोग मागेर उपचार गर्छु भन्दै गर्दा उहाँका छोराको वाँया आँखापनि दृष्टि विहिन हुने अवस्था नआउला भन्न सकिदैन । त्यसैले पनि नैनवहादुरलाई हामी सबै सहयोगी मनहरुले सहयोग गर्नु धर्म हुनेछ ।
चारैतिरबाट निरास भएर हरेस खानु भएका नैनबहादुरले छोरा पूर्णवहादुर र श्रीमति अविसराको उपचारमा सहयोग गरिदिन सबैमा मिडिया मार्फत याचना गर्नु भएको छ । समस्यामा साथ दिनु, उद्धार गर्नु र सहयोग गर्नु हरेक नेपालीहरुको मानवीय धर्म र कर्तव्य हो ।
उहाँलाई सहयोग गर्न चाहाने इच्छुक दाताहरुले नैन बहादुर सहकारीको नाममा ग्लोबल आईएमई बैङकको मेहेलकुना शाखा कार्यालय सुर्खेतमा खोलिएको खाता नम्वर २६००७०१०१०४५०० र यसमा राखिएको क्यूआर कोडमा रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ ।
इच्छुक सहयोगदाताहरुले नैनबहादुरको मोवाईल नम्वर ९७६६९३५७११ मा सिधा सम्पर्क गरेर पनि सक्दो आर्थिक सहयोग गर्न सकिने छ ।
