१६ साउन, काठमाडौ । विप्लव नेतृत्वको नेकपाले भारतीय शासकको हस्तक्षेपकारी रवैयाका विरुद्ध पार्टीपंक्ति र जनतालाई संघर्षमा उत्रिन आहवान गरेको छ ।
नेकपाका प्रवक्ता खडक वहादुर विक (प्रकाण्ड)ले शनिवार जारी गरेको विज्ञप्तीमा नेकपाले दार्चुला घटनाले भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र विचार उदाङ्गीएको भन्दै संघर्षमा उत्रिन सवैलाई आहवान गरेको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई साउन १५ गते सुक्रवार महाकालीमा खसालेर बेपता वनाएको थियो ।
यो घटनाप्रति पार्टीको गम्भिर ध्यानकषर्ण भएको जनाउदै नेकपाले घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र निन्दनीय भएको ठहर गरेको छ ।
नेकपाले घटना विरुद्ध शनिवार देशभर विरोध प्रर्दशन गरेको छ भने साउन १८ गते दिउसो २ वजे देशव्यापी विरोधसभा गर्ने संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपाले घटनाको सत्यतथ्य छानविन गर्न , दोषी माथि कडा कारवाही गर्न र पिडीत परिवारलाई राहत सहित न्याय दिन सरकारसंग माग गरेको छ ।
विज्ञप्तीको पूर्ण पाठ