१४ भाद्र, सुर्खेत । समाजवादी मोर्चा नेपालको आजका लागि तय गरिएको सुर्खेतको सन्देश सभा हुने भएको छ । एमसीसीको विवादले सन्देश सभा हुदैन कि भन्ने आसंका व्याप्त थियो ।
मोर्चाको अध्यक्षमण्डलमा रहेका शिर्ष नेताहरुको सहमति अनुसार सन्देश सभा हुन लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टीले एमसीसी सम्वन्धि आफ्नो फरक धारणा दृढ रुपमा राख्दै संदेशसभामा सहभागी हुने निर्णय गरेको नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव,प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने तयारी छ ।
सन्देश सभाको सम्पूर्ण तयारी पुरा भएको मोर्चाले जनाएको छ । एमसीसी कार्यान्यनको विषयले वुधवार हुने भनिएको धनगढीको सन्देश सभा भने स्थगित भएको थियो ।