भाद्र १५, बर्दिया । जनपत्रकार संगठन नेपाल बर्दियाको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। भेलाले रमेश प्याकुरेलको अध्यक्षतामा १५ सदस्यीय जनपत्रकार संगठन नेपालको बर्दिया जिल्ला कार्य समिति चयन गरेको छ।
उपाध्यक्ष पिताम्वर थारु, सचिब दयाराम न्यौपाने, सहसचिव पदम बहादुर बुढा, कोषाध्यक्ष सुनिता परिवार निर्वाचित हुनु भएको छ। अन्य सदस्यहरु विजय चपाई, शक्ति परिवार, अनिल शाही, तनुजा थापा, गिता उपाध्याय, तुलशी थापा , लक्ष्मी सुनार,रिमु चौधरी र दिलचन्द्र चदारालाई निर्वाचित गरेको छ।
भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य हिमशिखरले सम्बोधन गर्दै सत्य कुरा बोल्दा फाँसी दिने ब्यवस्थाको अन्तेष्टी हुने पत्रकारिता चाहिएको बताउनु भयो । उहाँले त्यसका लागि गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षाको निशुल्क ग्यारेन्टी गर्ने बैज्ञानिक समाजवादी व्यवस्थाले मात्र फासिवादको अन्त्य गर्ने दावी गर्नु भयो ।
विशेष अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य बसन्त बिकले दलाल पुजीवादी व्यवस्था कायम भएकाले दलाल पत्रकारिता पनि कायम भइरहेको बताउनु भयो।
दलाल पत्रकारिताको अन्त्य गर्न दलाल संसदीय व्यवस्था नै बदल्नु पर्ने केन्द्रिय सदस्य बिकले धारणा राख्नु भयो । अर्का बिशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले वर्तमान संसदीय व्यवस्था अन्त्यका लागि संसदीय व्यवस्था वा बैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्न माग गर्नु भयो ।
भेलामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यादव आचार्य ,अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी लगायतका अतिथिहरुले भेला सफलताको शुभकामना दिदै जनपत्रकार संगठनले जनताको पक्षमा कलम चलाउनेमा आशावादी भएको बताएका थिए ।
नवनिर्वाचित जिल्ला कार्य समितिलाई भेलाका प्रमुख अतिथी, बिशेष अतिथि लगायतले कार्यकाल सफलताको शुभकामना सहित बधाई समेत दिनु भएकाे थियो ।
प्रतिक्रिया दिनुहोस