१४ कार्तिक, कालिकोट । नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका प्रदेश सांसद दुर्ग रावतद्धारा बलात्कृत एक दलित महिलाले छोरीको जन्म दिएको २५बर्ष पुरा भयो ।
छोरी २५ बर्षको पुग्दा पनि बुवा रावतले भने अहिलेसम्म छोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन अस्वीकार गरेका छन ।
कालिकोट जिल्लाको निर्वाचन क्षेत्र क बाट २०७९ को निर्वाचनमा रावत प्रदेश सांसद निर्वाचित भएका हुन । यसअघि रावत संघीय सांसदमा समेत निर्वाचित भएका थिए ।
जनयुद्धको बेला २०५६ सालमा कालिकोटको थ्रिपु ंंगाउँकी भूमिगत एक दलित थरकी शिला (नाम परिवर्तीत) गरेकी महिलालाई तत्कालिन नेकपा माओवादीको जिल्ला कमिटिका सदस्य रहेका रावतले बलात्कार गरेका थिए ।
उनको बलात्कार पछि शिलाले २०५७ साल साउनमा छोरी रश्मी (नाम परिवर्तीत)को जन्मदिएकी थिईन ।
छोरी रश्मी जन्मिनु अघि नेता रावतले शिलाको गर्भपतन गराउन कार्यकर्ता अनन्त अधिकारी (क्रान्ति)को साथमा रुकुमको चौरजहारी अस्पतालसम्म शिलालाई पठाएको खुल्न आएको छ ।
तर अस्पतालले ८ महिनाको गर्भ भएकाले आमालाई जोखिम हुने भनेपछि गर्भपतनको योजना रोकिएको थियो ।
पार्टीमा कसको गर्भ हो ? भनेर चर्चा परिचर्चा भएपछि अन्तत रावतको गर्भ भएको शिलाले खुलासा गरेपछि रावतमाथि पार्टीले २ बर्ष जनश्रम गर्ने कार्वाही गरेको थियो ।
एक माओवादी केन्द्रका नेताको भनाई अनुसार रावतलाई कार्वाहीसंगै छोरीको पालन पोषण गर्नुपर्ने पार्टीले निर्णय गरेको थियो ।
तर पनि नेता रावतले त्यो निर्णयको उल्लंघन गर्दै उल्टै शिलालाई बेला –वेला मार्ने षड्यन्त्र गरेको र यातना दिएको घटनाका प्रत्यक्षदर्शी एक माओवादी नेताले बताएका छन ।
‘शिला २०५६ सालमा भर्खर भुमिगत भएको थिइन । त्यो भेला तत्कालिन भेरी कर्णाली क्षेत्रीय ब्युरो अन्तरगत पूर्वी कालिकोट, जुम्ला, रूकुम र जाजरकोटको केही भाग जोडेर २ नम्बर जिल्ला बनाइएको थियो । भर्खर भुमिगत भएको र धेरै राजनीति चेतना नभएकी तर मिठो स्वरकी धनी शिला थिईन । उनलाई कार्यक्रम हुदा रावतले गित बनाइदिने र उनले गाउने गर्थिन । प्रायः रावतले उनलाई आफैसँग हिडाउने गर्थे’ एक माओवादी नेताले भनेका छन ।
उनका अनुसार २०५६ सालकै घटना हो हामीहरू छाप्रे थियौं । त्यहाँ प्रहरीको गस्ती आयो । हामी त्यहाँबाट भाग्न सम्भव भएन । हामी गाउँकै घरहरूमा लुगेर बस्यौ । रावत र शिला पुरानो मान्छे नबस्ने घरमा लुक्न गएछन । बाहिर प्रहरीको गस्ती भएको र त्यहाँ लुकेको मौकामा रावतले शिलामाथि जबर्जस्ती करणी गर्ने मौका पाएछन । शिलाले प्रतिकार त गरिन तर कराउदा बाहिर प्रहरीले थाहा पाउने र मार्ने डरले चुप लाग्दा रावतबाट बलात्कृत भईन । मर्नु भन्दा बहुलाउनु बेस भने झै प्रहरीबाट मर्नु भन्दा बलात्कृत हुन पुगिन उनी । पीडित शिलाले त्यसपछि पनि रावतले विभिन्न डर त्रास देखाएर पटक –पटक बलात्कार गरेको र पेटमा बच्चा बस्न गएको बताएकी छन । उनी पुराना कहालि लाग्दा र मृत्युबाट बचेका दिनहरु धेरै सम्झिन चाहान्नन् ।
रावतले हालको खाँडाचक्र नगरपालिका पाखाँकै दुर्ग अधिकारी (शोषित) लगायत ८/१० जना केटाहरु लगाएर शिलालाई ज्यान मार्नेसम्म प्रयास गरेको समेत खुल्न आएको छ ।
कुटपिट गर्ने, यातना दिने, मुखमा लाठ्ठीे हालिदिने जस्ता अमानवीय यातना दिने गरेको, भिरबाट खसाल्ने धम्की दिएको र गोली हानेर मार्नेसम्मको योजना बनाएको घटनाका प्रत्यक्षदर्शी एक माओवादी नेताले ज्वाला खवरलाई खुलासा गरेका छन ।
‘शिलाले बल्ल –बल्ल नयाँ जीवन पाएको हुन नत्र उनलाई उहिल्यै मारिसक्ने रावतको योजना थियो’ ती नेताले भनेका छन ।
ती माओवादी नेताले भने ‘त्यसपछि २०५७ साउनमा शिलाले कालिकोटकाे तिलागुफा रूढुमा छोरीको जन्म दिइन । त्यसकै भदौमा तत्कालीन जिल्ला सेक्रेटरी तेजबहादुर ओली(प्रतीक) को अध्यक्षतामा जुम्लाको हालको तिला गाउँपालिकाको गोडमा बसेको जिल्ला पार्टीको बैठकले रावतको २ बर्षको लागि पार्टी सदस्यता खारेज गरी २ वर्षसम्म जनश्रम गर्न लगाउने र जन्मेको बच्चाको सम्पूर्ण भरणपोषण गर्ने निर्णय गरेको थियो । तर रावतले त्यो निर्णय कहिल्यै कार्यन्वयन गर्न चाहेनन् ।’
कार्वाहीमा परेका रावतले आफू अपांग भएको भर्दै जनश्रम समेत गरेका थिएनन् । २०५७ सालको फागुनमा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको संश्लेषण गरेकै बर्ष रावतको कार्वाही फुकुवा गरिएको थियो । आफु धेरै अन्यायमा परेपछि शिलाले पार्टी छोडन वाध्य हुनु परेको थियो ।
शिलाले पार्टी छोडेपछि हालको पलाँता गाउँपालिका बेर्सनकोटका गंग रोकाया सँग विहे गरेकी थिईन । छोरी रश्मीलाई उनकै घरमा हुर्काएकी थिईन ।
उनले छोरीको नागरिकताको लागि बारम्बार रावतलाई आग्रह गरेपनि नागरिकता दिन रावतले अस्वीकार गरेको गुनासो गरिन ।
माओवादी पार्टीका नेता महेन्द्रबहादुर शाही, लगायत विभिन्न तहका नेता, दलित मुक्तिमोर्चाका नेताहरु समक्ष हार गुहार गर्दापनि छोरीले नागरिकता पाउन सकिनन् ।
अन्ततः गंग रोकायाले आफ्नै छोरी भएको स्वीकार गर्दै आफ्नै नामबाट आज भन्दा ३ बर्ष अघि मात्र नेपाली नागरिकताको प्रमाणपत्र रश्मीलाई दिएका छन । छोरी रश्मीको समेत विवाह भईसकेको छ । उनको शिक्षा दिक्षा र पालन पोषण नेता रावतले कहिल्यै गर्न चाहेनन् ।
यस विषयमा तत्कालीन जिल्ला सेक्रेटरी तेजबहादुर ओली (प्रतीक)लाई बुझ्दा बैठकमा दुर्गबहादुर रावतले आफ्नो छाेरी भएको स्वीकार्यकाे बताए । उनले भन्ने, आमाको दुध खादासम्म आमासँग बस्ने र त्यसपछि छाेरी जाेसँग बस्न चाहायाे उसैसँग बस्ने तर बाबा दुर्गबहादुर रावतले पालनपोषण, शिक्षा र नागरिकता दिने लगायत सम्पूर्ण जिम्मेवारी दिने बैठकले निर्णय गरेको थियो ।
रावतले छोरीलाई अहिले बेवास्ता गर्नु भनेको ठुलो अपराध गरेको नेता ओलीले भनाइ थियो । यस घटनाकाबारे सांसद रावतलाई बुझ्न खाेज्दा आफू बाटोमा भएको भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् ।