स्थायी समितिको पद नपाएपछि चिरन पुनले छोडे नेकपा

१४ कार्तिक, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य चिरन पुन (मिलन)ले स्थायी समितिको पद नपाएपछि नेकपा छोडनु भएको छ ।
विगत १० बर्षदेखि नेतृत्वसमक्ष स्थायी समिति सदस्य बनाईनु पर्ने माग गरिरहनु भएका पुनलाई पार्टीले स्थायी समिति सदस्य नबनाएपछि अन्ततः उहाँले नेकपा छोडनु भएको हो ।
पदको वार्गेनिङ गरी पार्टीको पहुचमा पुग्ने सपना बुन्नु भएका पुनलाई पार्टीले पद वार्गेनिङदेखि अनुसन्धानको दाहेरामा समेत राखेको थियो ।
नेकपाका स्थायी समिति सदस्य भरत सीेले पुनकोवारे विहिवार फेसबुकमा स्टाटस लेख्दै उनको पलायनताले पार्टी एकीकृत जनक्रान्तिको सहि बाटोमा दृढ रहेको तथ्यलाई पुष्टि गरेको दाबी गर्नु भएको छ ।
उहाँले नेता पुन क्रान्ति गर्न हैन क्रान्तिको फल खाने आशासहित पार्टीमा समाहित भएको आरोप लगाउदै जुन कुरा हुन नसकेपछि त्यसको खोजी गर्दै यथास्थितिवादको शरणमा गएको बताउनु भएको छ ।
“२०७३ को पार्टीको ८ औं महाधिवेशनदेखि नै उनको मुख्य माग पार्टीको स्थायी समिति थियो झण्डै १० वर्ष हुँदा पनि त्यो माग पुरा हुने स्थिति नदेखेपछि उनले भाग्ने मार्गमा ’संगठनमा नमिलेको÷ एमालेसीत मिल्न खोजेको जस्ता बहाना बनाएका छन” नेता भरत सीले लेख्नु भएको छ ।
उहाँले चिरन कुनैबेला जनयुद्धको प्रतिकार समितिको नेता भएको भन्दै अहिले पार्टीले संघर्ष प्रधान कार्ययोजना अघि सारेपछि कथित एकताको नाममा कुलेलाम ठोकेको पनि उल्लेख गर्नु भएको छ । नेता पुन जनयुद्ध लडेर आएको नेता भने हुनुहुन्न थियो । उहा शान्ति प्रक्रियापछि नेकपामा आउनु भएको थियो । पुन कलाकार तथा साँस्कृति कर्मी पनि हुनु हुन्छ । उहाँमा साँस्कृतिक विचलनका समस्या समेत देखिन थालेको नेकपाका नेताहरुको दाबी छ । उहाँले केही मान्छेहरु लिएर नयाँ पार्टी बनाउने कसरथ गरेपनि त्यसले नेकपालाई कुनै असर नगर्ने नेकपाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस