कार्तिक १५ गते वाँके ।
उपकार लघु वित्त संस्था लिमिटेड वाँकेले महिलाहरुको उपकारको नाममा महिलाहरुको लुटकारको काम गरेको रहस्य खुलेको छ । गाउँ घरका सोझा सिधा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारि महिला उपकारको नाममा समुहमा वसाल्ने र विभिन्न तरिकाले लुटको खेति गर्ने गरेको समुहमा वस्ने महिलाहरुले वताएका छन । उनीहरुले समुहमा वसालेर ऋण लगानी गर्ने र विभिन्न शिर्षकमा चर्को व्याय लिने गरेको पनि वताएका छन ।
कोहलपुर नगरपालिका ११ लोकनगर वस्ने थारु महिलाहरुले आफुहरुलाई विभिन्न प्रलोभन देखाएर दिप महिला उपकार नामक समुह गठन गरी जवर्जस्त राखेको र लुट्ने गरेको वताएका छन ।
समुहका पाँच जना महिलाहरुले २०६७ साल देखि समुहमा वसेको र आफुहरु चित्त नवुझेर समुह छोड्न खोज्दा जवर्जस्त समुहमा राखि रहेको आरोप लगाएका छन ।
पीडितहरुले समुहमा जम्मा गरेको आफ्नो वचत फिर्ता माग्दा र समुह छोडन चाहान्छौ भन्दा अढाई वर्ष देखि रकम फिर्ता नगरेको पनि गुनासो गरेका छन ।
समुहका सदस्य रुकुमणी थारुले आफुहरुले अढाई वर्ष देखि समुहमा नवस्ने र आफ्नो वचत रकम फिर्ता गराई पाउँ भनि पटक –पटक निवेदन दिदा पनि कुनै सुनुवाई नगरेको ज्वाला खवर संग गुनासो गर्नु भएको छ । उहाँले आफु सहित सिवानी थारु र सिता थारु गरी ३ जना महिलाको पासवुक समेत कव्जा गरेको र माग्न जाँदा छैन भन्ने गरेको वताउनु भयो । उहाँले यस्तो व्यवहारले त यो संस्था महिला उपकार नभए महिला लुटकार हो भन्नु भयो ।
समुहका सदस्यहरु सिवानी थारु ,सिता थारु,कलावती चौधरी र लक्ष्मी थारुले फेरी पनि आफु अन्यायमा परेको भन्दै आफ्नो वचत व्याय फिर्ता गराई पाउँ भनि कार्तिक १२ गने पुनःमहिला उपकारको नाममा सामुहिक निवेदन पेश गरेको वताएका छन । निवेदन माथि समुहका अन्य सदस्यहरुको सहमति सहित हस्ताक्षर गरिएको छ ।
पीडितहरुले प्रश्न गरेका छन हामीले अरुको पैसा त मागेका छैनौ आफ्नै खाइ नखाई वचत गरेको पैसा पनि फिर्ता माग्दा दिदैनौ भन्छन यो कस्तो अच्चम हो ? पाँचै जना पीडितहरुले आफुहरुको करिव २ लाख रुपैया उपकार संस्थाले फिर्ता नगरेको वताएका छन ।
कार्यालयका कर्मचारी शान्ती केसीले भने १५ वर्ष नपुग्दा सम्म कसैको रकम फिर्ता नपाईने धम्की दिइने गरेकोे सिता थारुले गुनासो गर्नु भयो । पीडित महिलाहरुले आफु संग आय श्रोत हुदा सम्म समुहमा वसेको र आय श्रोत नहुने हुदा समुहमा वस्दैनौ वचत फिर्ता गर्नु पर्यो भन्दा उल्टै गाली खानु परेको दुखेको पोखेका छन ।
समुहमा २५ जना सदस्य छन । जस्मा पाँच जना महिलाहरुले समुह छोड्ने निर्णय गरेका हुन । उनीहरुको नाममा संस्थाको कुनै ऋण लगानी पनि देखिएको छैन । उनीहरुको सहमति विना वाँकी सदस्यहरुलाई संस्थाले आफुखुसी ऋण लगानी गरिरहेको छ । पीडित महिलाहरुले आफुहरु वैठकमै जान छोडेको अढाई वर्ष भयो भनेका छन । संस्थाले लामो समय सम्म समस्या अल्झाइरहेएको देखिएको छ । पीडित महिलाहरुले फेरी पनि आफ्नो व्यक्तिगत,समुह र पेन्सन वचत व्याज सहित सवै फिर्ता हुनु पर्ने माग गरेका छन ।
समुह वैठक वसाल्ने कर्मचारी शान्तीले अढाई वर्ष अघि दिएको निवेदन समेत आफ्नो संस्थाको माथिल्लो निकायमा नपुर्याएर विचैमै गायव पारेको पीडितहरुले वताएका छन । पीडितहरुले दुई पटकको निवेदन गायव पारेकाले फेरी तेस्रो पटक निवेदन दिनु परेको वताएका छन ।
कर्मचारी शान्तिले भने अढाई वर्ष अघि निवेदन आएपनि समुहमा वसेपछि छोड्न नमिल्ने भएकाले रकम फिर्ता नगरेको र माथिल्लो निकायमा जानकारी नगरेको स्वीकार गर्नु भएको छ ।
यस वारे उपकार लघु वित्त सस्था लिमिटेडका सिओ सारदा पोख्ररेल संग वुझदा यदि समुहका सदस्यहरुको नाममा ऋण नभएको खण्डमा वचत फिर्ता हुने ज्वाला खवर संग वताउनु भएको छ ।
उहाँले दिप महिला उपकार केन्द्रको समस्या अहिले सम्म आफु कहाँ नआएको र वुझेर समस्या समाधान गर्ने वताउनु भयो ।
महिला उपकार जस्तै गाउँमा धेरै जसो वित्तीय सस्थाहरुले चर्को व्याय असुली गर्दै सर्वसाधारण र सोझा सिधा जनताको घरवार विहिन पारेको गुनासोहरु आउने गरेका छन ।
यसलाई सरकारको नियन्त्रण र नियगम निकायले विशेष ध्यान पुर्याउन जरुरी रहेको विज्ञहरुको भनाई छ ।