ओली प्रचण्ड विवाद एकले अर्कालाई दलबाटै लखेटेपछि मात्रै अन्त्य हुन्छ ः संग्रौला


कार्तिक १५ काठमाण्डौ । लेखक खगेन्द्र संग्रौलाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको एकताको आधार सिद्धान्तको नभएर स्वार्थको भएकाले एक दिन यो फेरि विभाजन हुने दाबी गर्नु भएको छ ।
लेखक संग्रौलाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेकपाभित्र जारी विवादको अन्त्य एकले अर्कालाई लखेटेपछि मात्रै हुने टिप्पणी गर्नु भएको हो ।
‘नेकपा डबलका केपी र पिकेको ‘एकता’को आधार सिद्धान्त, आदर्श र मूल्य होइन । यो केवल अख्तियार र द्रव्ययुक्त पदहरूको लुछाचुँडीको ‘एकता’ हो,’ लेखक संग्रौलाले फेसबुकमा लेख्नु भएको छ
उहाँले अन्तमा लेख्नु भएको छ , ‘यो अन्तहीन द्वेषपूर्ण लुछाचुँडीको अन्त्य तब हुन्छ जब कुनै एकले अर्कालाई दलबाटै लखेट्छ । अलि दिन बँच्नु मात्र पर्छ, यो ‘एकता’को समापन देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस