विथोलडाँडा घटनाकी घाईते ७८ वर्षिय प्याउकली संग प्रकाण्डको भेटभाट

 

१४ कार्तिक,कालीकोट । जनयुद्धको चर्चित माल्कोट विथोलडाँडा घटनाकी घाईते ७८ वषिर्य प्याउकली विकलाई नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले भेट्नु भएको छ ।

आफ्नै गृह जिल्लाको जन्मथलो माल्कोटमा पार्टी प्रशिक्षणका लागि पुग्नु भएका नेता प्रकाण्डले २०५४ सालको चैत्र २६ गते विथोलडाँडा घटनामा टाउकोमा गोली लागेर घाईते हुनु भएकी प्याउकलीलाई घरमै पुगेर भेट्नु भएको हो ।

प्रवक्ता प्रकाण्डले भेटका अवसरमा प्याउकलीको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिदै जनयुद्धको महान आमा हुनुहन्छ भनि पार्टीको तर्फवाट वधाई दिनु भयो ।

भेटमा प्रवक्ता प्रकाण्डलाई एक्कासी उहाँले चिन्न सक्नु भएन । उहाँ आँखा नदेख्ने र कान नसुन्ने भइसक्नु भएको छ । प्याउकलीले आफुलाई भेट्न आएकोमा प्रकाण्डलाई धन्यवाद दिर्दै अधुरो क्रान्ति पुरा गर्न सुझाव दिनु भयो ।

हाम्रो शरिरको रगत वगेकोे छ त्यत्तिकै खेर जान नदिनु वावु ! प्याउकलीले प्रकाण्डलाई भन्नु भयो । प्रवक्ता प्रकाण्डले आमाको सुझावलाई आत्मसात गर्नेछौ र रगत खेर जान दिने छैनौं भेटमा भन्नु भएको छ ।

जनदमनका लागि माल्कोट पुगेको प्रहरीको टोलीलाई प्याउकली सहितका महिलाहरुले संगठिन रुपमा प्रतिकार गर्दै ढुङ्गा,मुडा प्रहार गरेर लखेटका थिए ।
महिलाहरुले प्रहरीलाई लखेट्दै कोटवाडा र माल्कोट विचको रहगाड्को एउटा ओडारमा थुन्दै आगो लगाएर मारेका थिए भने हतियार खोसेर तत्कालिन जनयुद्ध गरिरहेको नेकपा माओवादीलाई वुझाएका थिए ।

यो घटनामा कोटवाडाका काली वहादुर विकको उच्च साहदत्त भएको थियो भने प्याउकली विक सहित गोरीकला विक,राईले विक, विजया विक,मनसरा विक र पुना विक गरि ६ जना महिला प्रहरीले चलाएको अन्धधुन्ध गोली लागि घाईते भएका थिए ।

 

सो घटनामा घाईते भएकी मध्य गोरिकला विकको किलो सेरा टु अप्रेसनको वेला २०५५ साल असार ६ गते प्रहरीले हत्या गरेको थियो ।
घटनामा अर्का घाईते राईले विकको कालगतिमा मृत्यु भइसकोको छ ।

अरु वाँकी चार जना घाईतेहरु प्याउकली ,विजया, मनसरा र पुना विक हाल सम्म जीवितनै हुनुहन्छ । उहाँहरु सवै प्रवक्ता प्रकाण्डका गाउँ माल्कोटकै हुनुहुन्छ ।

माल्कोट पुग्नु भएका प्रवक्ता प्रकाण्डले माल्कोटमा अन्य जनयुद्धका घाइते,सहिद परिवार,वेपक्ता परिवार तथा शुभचिन्तक जनतालाई समेत भेटघाट गरिरहुनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस