पुस १५, कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले पलाता गाउपालिकामा साेमबार एमसिसि सम्झौताको बिरुद्ध भब्य जनसभा सम्पन्न भएको छ ।
पछिल्लो समय जनतालाई जागृत गर्दै नेकपा कालिकोटले जिल्ला ब्यापि राजनीति कार्यक्रम गरिरहेकाे छ । जनकालाकारहरुकाे साथमा नेकपा कालिकोटले खुल्ला भब्य जनसभाहरु सम्पन्न गरिरहेकाेे छ ।
प्रतिबन्ध लाई चुनाैति दिदै नेताहरुले साम्राज्यवादी तथा समाजिक फासिवादी शासकहरुका बिरुद्ध एकताबद्ध भइ संघर्षमा साथ दिन अपिल गरेका छन् ।
पछिल्लो समय सरकार र अमेरिका बिच भएको एमसिसि सम्भाैताकाे असर बारे जनताले समयमै बुझ्न आबस्यक हुने नेताहरूकाे भनाई छ । जिल्ला सेक्रेटरी रणदिप लगायतका नेताहरुले सम्बाेधन गर्नु भएको थियो । उक्त कार्यक्रममा सामना सास्कृतीक परिवारले बेजोड राष्टवादी गित नृत्य प्रस्तुत गरेको थियो ।