नेकपा सुर्खेतको १७ औं पूर्ण बैठक शनिवार वस्ने

१६ पुस,सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सुर्खेतको सुक्रवार वस्ने भनिएको १७ औं पूर्ण वैठक शनिवार वस्ने भएकोछ ।
विहिवार देखि वस्ने भनिएको वैठक पार्टी प्रवक्ता अस्वस्थ हुुुनु भएकाले शनिवार सम्मको लागि स्थगित भएको नेकपा सुर्खेतका सेक्रेटरी धुव्रले जनाकारी दिनु भयो ।
वैठक वीरेन्द्रनगरमा रहेको चाईना गेट होटेल एण्ड लजको सभाहलमा वस्ने छ ।

वैठक वसाल्न नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) सुर्खेत आउनु भएको छ । वैठकमा तत्काल स्थानीय तहको चुनाव नभएर व्यवस्था परिवर्तनको चुनावका लागि जनमतसंग्रहको चुनाव गर्नेवारे छलफल हुनेछ ।

नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनमतसंग्रहको चुनावमा जानुपर्ने नेकपाले भन्दै आएको छ । वैठकले त्यसवारे ठोस तथा मुर्त निणर्य गर्नेछ ।
जनता सम्म वैज्ञानिक समाजवाद र जनमतसंग्रहका वारे जनचेताना फैलाउनु पर्ने र जनता सम्म पार्टी पुग्नु पर्नेवारे पनि वैठकमा छलफल र ठोस निर्णय हुनेछ ।
वैठकलाई नेकपाका प्रवक्ता प्रकाण्डले सम्वोधन गर्ने र पार्टी केन्द्रको निणर्यको स्पिडलाई कार्यन्वयमा लैजान जोड दिदै आवश्यक प्रशिक्षण सहित निर्देशन दिनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस